- Loading...
उखु अभावमा रौतहटको चिनी उद्योग बन्द
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

उखु अभावमा रौतहटको गरुडास्थित श्रीराम सुगर मिल बन्द भएको छ । गत माघ २७ गतेदेखि सञ्चालनमा आएको उद्योगलाई किसानले उखु दिन नमानेपछि बन्द भएको हो । करोडौं रुपैयाँ भुक्तानी दिन बाँकी रहेको उद्योगलाई स्थानीयले उखु दिन नमानेपछि सबैभन्दा कम क्रसिङ गर्दै उद्योग बन्द भएको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोकप्रसाद यादवले जानकारी दिनुभयो । २०५१ साल यता उखुको क्रसिङ थालेको उद्योगले चालू आर्थिक वर्षमा एक लाख क्विन्टल पनि पुर्याउन सकेको छैन । गतवर्ष करिब १५ लाख क्विन्टल उखु क्रसिङ थालेको चिनी मिलले चालू सिजनमा मुस्किलले ७० हजार क्विन्टल उखु क्रस गरेको छ । अढाइ दशकभन्दा लामो अवधिमा यसवर्ष सबैभन्दा कम उखु पाएको संघका अध्यक्ष यादवले बताउनुभयो । उद्योगीले किसानलाई समयमा उखुको मूल्य भुक्तानी गर्न नसक्दा उद्योग नै संकटमा परेको छ । हरेक वर्ष भुक्तानी पाउन किसानले झमेला गर्नु परेको उनीहरुको भनाई छ । यसअघिको करोडौं रुपैयाँ भुक्तानी पाउन बाँकी भएसँगै चालू वर्ष उद्योगलाई उपलब्ध गराएको उखुको समेत भुत्तानी रोकिएको छ । उद्योगीले उखुको मुल्य भुत्तानी नगरेपछि स्थानीय निरास भएका छन । चिनी मिलप्रति भुक्तानीको अविश्वासले किसानले यसवर्ष उखु उपलब्ध नगराएको संघका सदस्य सफिन्द्रप्रसाद यादवको भनाइ छ । समयमा उद्योग सञ्चालनमा नल्याएको र किसानलाई भुक्तानी दिन उद्योगले आनाकानी गरेको छ । तर जिल्ला बाहिरका उद्योगले भने रौतहटबाट अहिले पनि उखु किनेर लैजाने गरेका छन ।।


