FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • आम्दानीको स्रोत बन्दै लप्सीको अचार

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    आम्दानीको स्रोत बन्दै लप्सीको अचार

    कास्कीको पोखरा अन्तर्गत एक सामुदायिक वनमा उत्पादन भएको लप्सीले उपभोक्ताको मन लोभ्याएका छन । वनजन्य बस्तुलाई प्रशोधन गरी बजारमा पुगेसँगै स्थानीयको आम्दानीमा टेवा मिलेको छ । जिल्लाको अन्नपूर्ण गाउँपालिका ३ लक्ष्मी देउरालीस्थित वनपाले सामुदायिक वनका उपभोक्ताले लप्सीको अचार बनाउन थालेका छन् । वनबाट उत्पादन भएको लप्सी उपभोग गरेसँगै स्थानीयले आम्दानी लिन थालेका हुन । उक्त सामुदायिक वन समूहका अध्यक्ष टीकाराम पौडेलका अनुसार वनमा रोपिएका बिरुवाले उत्पादन दिन थालेको छ । उत्पादित लप्सीबाट अचार, माडा र क्यान्डी बिक्री गरेर वार्षिक डेढ लाखभन्दा बढी आम्दानी हँुदै आएको छ । तर देशका कैयौँ ठाउँका सामुदायिक वनमा फलेको त्यस्ता बनजन्य बस्तु उपयोग नहुँदा त्यसै खेर गइरहेको जानकारहरुले बताएका छन । सोही वनबाट उत्पादित अचार तथा क्याण्डी स्थानीय बजारदेखि पोखरा बजारमा बिक्री हुदै आएको छ । रोजगारीका सिलसिलामा नेपाली पुगेका अधिकांश मुलुकमासमेत त्यहास्थित प्रशोधित लप्सीको अचार कोसेली बनेर पुग्ने गरेको वन समूहका कोषाध्यक्ष चूँडामणि पौडेलले बताउनुभयो । उक्त वनमा २०० भन्दा बढी लप्सीका बोटमा लटरम्म फलेका प्रत्येक लप्सीका दाना अहिले सामुदायिक वनका लागि पैसाको सिक्का जस्तै बनेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित