FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • घर भाडामा ५० प्रतिशत छुटको लागि सरकारले वातावरण बनाउनुपर्ने माग

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    घर भाडामा ५० प्रतिशत छुटको लागि सरकारले वातावरण बनाउनुपर्ने माग

    घरबहाल सरोकार महासंघ नेपालले घर भाडामा तत्काल ५० प्रतिशत छुट गराउनको लागि सरकारले वातावरण बनाउनुपर्ने माग गरेको छ । विश्व स्वास्थ्य संगठनले कोराना भाइरसको कारण विश्वभरि नै स्वास्थ्य संकटकालको घोषणा गरेको छ । नेपाललाई पनि त्यसको उच्च जोखिममा राखेको भन्दै आफूहरुको माग पूरा गराउन सरकारले तत्काल कदम चाल्नुपर्ने महासंघको भनाई छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले कोरोनाका कारण नेपालमा समेत असर परेको उल्लेख गर्दै घरबहालमा बस्नेहरुलाई झनै बढि प्रभाव परेको बताएको हो । महासंघले कोरोना सन्त्रासका कारण बजार मूल्यबृद्वि आकाशिएको, कालोबजारी मौलाएको र व्यापार तथा व्यवसायमा समेत ठूलो असर परेको उल्लेख गर्दै घर बहालमा बस्नेहरु झनै पीडित भएको निश्कर्ष निकालेको छ । अहिलेको अवस्था र आफूहरुले उठाएका जायज मागको सवालमा सरकार गम्भिर हुनुपर्ने पनि महासंघको भनाई छ । घर बहालमा ५० प्रतिशत छुट दिलाउनको लागि सरकारले आवश्यक कदम नचाले र आफूहरुलाई छुट नदिलाए आन्दोलनमा जानेसमेत घरबहाल सरोकार महासंघ नेपालले चेतावनी दिएको छ । महासंघले कोरोना भाइरसको सन्त्रासबीच घरभाडा न्यूनीकरण गराउन र व्यवसायिक रूपमा कालोबजारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएको छ । उक्त कार्यक्रममा घरबहाल सरोकार महासंघ नेपालका अध्यक्ष बलभद्र खनालले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण व्यवसाय र घरबहालमा देखा परेका समस्याप्रति सरकारलाई गम्भिर रुपमा प्रस्तुत हुन आग्रह गर्नुभयो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित