FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्थानियहरुको पहलमा नयाँ कृषि हाटबजार स्थापना

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    स्थानियहरुको पहलमा नयाँ कृषि हाटबजार स्थापना

    रुपन्देहीको तिलोत्तामा नगरपालिका ६ नम्बर वडाका स्थानियहरुको पहलमा नयाँ कृषि हाटबजार स्थापना भएपछि स्थानियहरु खुशी भएका छन् । करिव ५० कठ्ठा सार्वजनिक जग्गामा स्थानीय किसानहरुले उक्त बजारको स्थापना गरेका छन् । केही समय पहिला हाटबजारको लागि तिलोत्तामा नगरपालिकाको ४ नम्बर वडाको मणिग्राममा रहेको हाटबजार जाने स्थानिय अहिले गणेशपुरमा जाने गरेका छन् । शान्ती नमुना माविको जग्गामा रहेको हटाबजार अहिले शान्ती नमुना मावि आफै नै भौतिक संरचना निर्माण गर्ने भएपछि उक्त बजार अहिले बन्द भएको छ । त्यसको विकल्पको रुपमा स्थानियहरुले स्थायी संरचनाको रुपमा गणेशपुरमा बजार निर्माण गरेका हुन । सोही नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष सुकदेव न्यौपानेले स्थायी प्रकृतिको संरचना आवश्यक परेको कारण कुलापनीको जग्गा लिएर आफुहरुले संरचना निर्माण गरेको जानकारी दिनुभएको छ ।
    वडाअध्यक्ष न्यौपानेका अनुसार उक्त संरचना निर्माणका लागि प्रदेश सरकारले पनि सहयोग गरेको छ । उक्त नगरपालिकाको पकेट क्षेत्रको रुपमा रहेका टिकुलीगढका किसानहरुले बढि भन्दा बढि कृषिजन्य उपज विक्रीका लागि उक्त हाटबजार प्रयोग हुदै आएको वडा अध्यक्ष न्यौपानेले बताउनुभयो । ३५बर्षका लागि पुग्ने गरी योजना निर्माण गरेर संरचना तयार गरिएको उहाले जानकारी दिनुभयो । शान्ती नमुनाको जग्गामा भौतिक संरचना निर्माणका लागि करोडौ रुपैयाँ खर्च भएपनि अवको विकल्प गणेशपुर भएको बताउनुभएको छ । उक्त क्षेत्रको डिपीआर समेत तयारी गरिएको छ । ७ वटा विभिन्न मोहोडाका कुलाहरुलाई एकै स्थानमा बनाएर बचेको जग्गामा हाटबजार निर्माण गर्न सफल भएको अध्यक्ष न्यौपानेको भनाई छ । स्थायी प्रकृतिको बजार बनाउनुपर्छ भन्ने हेतुले कोल्ड मार्टको समेत अवधारणमा ल्याएको उनीहरुले बताएका छन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित