- Loading...
झापाको बाह्रदशीमा फस्टाउदै स्ट्रबेरी खेती,पर्यटकीय आकर्षणसँगै खेती विस्तारमा जोड
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

|Background of ripe juicy organic farm strawberries with green leaves.
पहिलो पटकको परीक्षण सफल भएपछि नेपालमा नै सबैभन्दा ठूलो क्षेत्रफलमा गरिएको स्ट्रबेरी खेती कृषि पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित जनता बजार पश्चिम घाग्रा खोला किनारमा सुरु गरिएको उक्त खेती हेर्ने र अध्ययन गर्न दैनिक सयौँको सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । काठमाडौँस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३५ बिगा क्षेत्रफलमा स्ट्रबेरी खेती गरिएको छ । यसवर्ष ठूलो क्षेत्रफलमा खेती विस्तार गरिएको प्रालिका कृषि वैज्ञानिक विवेक शुक्लाले जानकारी दिनुभयो । सोही क्षेत्रका लागि नयाँ खेती भएकाले स्थानीय तथा तेस्रो मुलुकबाट समेत दैनिक दुई सयदेखि चार सय जनासम्म आउने गरेको वैज्ञानिक शुक्लाले जानकारी दिनुभयो । युरोप, अमेरिका, इजरायल लगायतका मुलुकबाट समेत अध्ययन तथा ताजा स्ट्रबेरी खरिद गर्न फार्ममा आउने गरेका छन् । स्ट्रबेरी खासगरी चिसो र उच्च क्षेत्रमा हुने विशेषताको बाली हो । तर प्रालिले गतवर्ष परीक्षणका लागि चार कट्ठा क्षेत्रफलमा मात्र गरेको थियो भने सोही खेतीको परीक्षण सफल भएपछि यसवर्ष विस्तार गरिएको हो । भारतको कोलकाताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर खेती गरिएको छ । यतिबेला झापाको हावापानीमा समेत राम्रो खेती भएपछि सबैका लागि चासो र सरोकारको विषय भएको छ ।।


