
- Loading...
स्याङ्जाका तीन जना युवा व्यावसायिक कृषि पेशामा लागे
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

२० बर्ष भारतीय सैनिकमा काम गरेका स्याङ्जाका तीन जना युवा व्यावसायिक कृषि पेशामा लागेका छन । स्थानीय बलबहादुर थापा, रामु थापा र यामसिंह थापाले जिल्लाको गल्याङ नगरपालीका वडा नम्बर २ मा सामुहिक रुपमा बंगुरपालन पेशा सुरु गरेका छन् । नेपालमा अथाह सम्भावना छन् कृषिमा र कृषिबाटै राम्रो शान र पहिचान फेरीएका पनि धेरै छन् । यसै मध्येमा आधिखोला कृषि तथा पशुपालन समुह गल्याङ न.पा.२ बयबगर स्याङजामा सामुहिक रुपमा बंगुरपालन व्यवसाय पनि सामुहिक कृषि कर्मको एउटा नमुना हो । २० बर्ष भारतमा सैनिक भई सेवा गरी अवकाश पश्चात बलबहादुर थापा, रामु थापा र यामसिङ थापाले यसरी सामुहिक फार्म गरेका छन् । आफनै देशमा केहि गनुपर्छ भन्ने सोच राखेर बंगुरपालन व्यावसाय सन्चालनमा ल्याएको बलबहादुर थापाले बताउनुभयो । अहिले सोही फार्ममा ८० ओटा बंगुर रहेका छन् । यसअघि उक्त फार्म सुधारका लागि गल्याङ नगरपालिकावाट १० लाख सहयोग पाइसकेको छ । आफनै देशमा उद्यम गरी युवाहरुलाई समेत प्रेरीत गर्न पाउदा निकै खुशी र आनन्द मिलेको फाम संचालकहरुको अनुभव छ ।।


