FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • बाजुरामा असिनाले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित, करोडौ मुल्यका खाद्यान्नमा क्षति

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १६ पटक पढिएको
    बाजुरामा असिनाले अन्नबाली नष्ट गरेपछि किसान चिन्तित, करोडौ मुल्यका खाद्यान्नमा क्षति

    बाजुराको दक्षिणी क्षेत्रका भूभागमा पाक्नै लागेको हिउँदेबाली असिनाले नष्ट गरेको छ । शनिबार साँझ करिब एक घण्टासम्म परेको असिना पानीले गहुँ, जौं, तरकारी तथा फलफूल लगायतका बालीमा क्षति पुगेको बुढीगंगा नगरपालिका ९ का स्थानीयले बताएका छन । जिल्लाको बुढीगंगा तथा त्रिबेणी नगरपालिका र खप्तड छेडेदह गाउँपालिकामा चैत्रको पहिलो हप्ताबाट जौ बाली भित्राउने तयारीमा किसान जुटेका छन । बाजुरासँगै सिमाना जोडीएका अछामको मेल्लेख गाउँपालिका र साफेबगर नगरपालिकाको बाल्ला क्षेत्रमा पनि असिनाले बाली नष्ट भएको स्थानीयले जानकारी दिएका छन् । पानीसहित परेको असिनाले तरकारी र जौ बालीमा लाखौको क्षति पुर्याएको बुढिगगा ९ का स्थानीय शिक्षक डम्बरबहादुर सिहले जानकारी दिनुभयो । दिउँसो १ बजेपछि एकाएक मौसम बदली भई साँझपख असिना पानीसहित हुरीले जनजीवन अस्तव्यस्त पारेको हो । गहुँबाली उत्पादनका लागि भण्डारको रुपमा परिचित बुढीगंगा र त्रिवेणी नगरपालिकामा पाक्न थालेका गहुँबालीमा असिनाले क्षति पुर्याएपछि किसान चिन्तित भएका छन् । बीउ उत्पादनका लागि समेत लगाइएको गहुँमा क्षति पुगेको उनीहरुले बताएका छन् । तरकारी र गहुँ जौको बोट नै भाँचिने गरी क्षति पुगेको सोही क्षेत्रका स्थानीयले जानकारी दिएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित