FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • स्वास्थ्य सामाग्री खरिद प्रक्रिया सहज बनाउन माग

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    स्वास्थ्य सामाग्री खरिद प्रक्रिया सहज बनाउन माग

    बिभिन्न प्रदेशका मुख्यमन्त्रीहरूले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया जटिल रहेको बताएका छन । आइतबार सिंहदरबारमा भएको एक कार्यक्रममा उनीहरूले स्वास्थ्य सामाग्री खरिद प्रक्रिया सहज बनाउन माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री इश्वर पोख्रेलको संयोजनमा बसेको बैठकमा मुख्यमन्त्रीहरूले कोरोना भाइरसको रोकथामका लागि प्रदेश सरकार तयारी अवस्थामाा रहेको जानकारी दिएको छ । अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा.युवराज खतिवडाले उक्त बैठकमा मुख्यमन्त्रीहरूले स्वास्थ सामाग्री खरिद प्रकिया प्रदेश सरकारले खरिद गर्दा प्रक्रिया जटिल रहेकाले सहज बनाई दिन आग्रह गरेको जानकारी दिनुभयो । अहिलेसम्म स्वास्थ्य सामाग्रीको अभाव नभए पनि पूर्व तयारीका रूपमा स्वास्थ्य सामग्रीहरू हुनुपर्नेमा मुख्यमन्त्रीहरूले जोड दिएका छन् । स्वास्थ्यकर्मीहरूको विमादेखि सामाजिक सुरक्षाका कुराहरू पनि व्यवस्थित गर्न उनीहरूले आग्रह गरेको प्रवक्ता खतिवडाले जानकारी दिनुभयो । सीमानाका तथा एयरपोर्टमा कडा जाँच गर्ने व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ । प्रवक्ता खतिवडाले कोरोना रोकथामका लागि प्रदेश सरकारले गर्नुपर्ने काम र देखिएका समस्याका बारेमा जानकारी लिन छलफलको आयोजना गरिएको जानकारी दिनुभयो । कोरोना भाइरसको संक्रमण रोक्नका लागि प्रवेश रोक्ने, नागरिक सचेतना बढाउने, निगरानी र क्वारेनइनको व्यवस्था गर्ने, बिरामीको उपचार तथा व्यवस्थापन प्रभावकारी बनाउने सहितका निर्णय गरेको छ । उच्चस्तरीय समितिले संघ, प्रदेश र स्थानीय तहबिच समन्वयात्मक रुपमा काम गर्ने गरी तयारी स्वरुप बैठक गरेको जनाएको छ । गृह मन्त्रालयको अनुमति बेगर प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी र स्वास्थ्यकर्मीले जिल्ला छोड्न नपाउनेसहितका निर्णय पनि समितिले गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित