- Loading...
अभावको हल्लाले चामल बिक्रीमा दोब्बर,अनाबश्यक हल्लामा नफस्न खाद्यको आग्रह
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

गएको एक हप्ता बजारमा फैलिएको खाद्यान्न अभाव हल्लाले उपत्यकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको बिक्री दोब्बर बढेको छ । दैनिक औसत ४० देखि ५० क्विन्टल चामल खुद्रा बिक्री हुने उपत्यकामा अहिले एक सय क्विन्टल बढी बिक्री भइरहेको खाद्यका बिक्री विभाग प्रमुख लालमोहन ठाकुरले जानकारी दिनुभयो । खाद्यको तथ्यांक अनुसार पछिल्लो पाँच दिनको अवधिमा बिक्री पाँच सय २८ क्विन्टल छ । सामान्य समयमा चार दिनमा बढीमा दुई सय क्विन्टल बिक्री हुदै आएको थियो । तर बजारमा आएको अभावको हल्लाले तुलनात्मक रुपमा बिक्री बढेको खाद्यले जनाएको छ । यस्तै माग बढेको भएपनि मौज्दात पर्याप्त भएकाले अभावको स्थिति नहुने खाद्यका अधिकारीहरुले जानकारी दिएको छ । उपत्यकामा डिलर र सहकारीमार्फत पनि बिक्री बढेको सम्बद्ध निकायले बताएको छ । त्यस्तै भक्तपुरको सूर्य्विनायकमा पनि नयाँ बिक्री स्टल खोल्ने तयारी गरेको खाद्यले जनाएको छ । खाद्यले उपत्यकामा मात्रै एक लाख २० हजार क्विन्टल चामल बिक्री गर्ने लक्ष्य राखेकाले खाद्यको कुनै अभाव नहुने बताइएको छ । विश्वभर फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै खाद्यले २६ हजार क्विन्टलभन्दा बढी चामल मौज्दात रेहको जनाएको छ । पछिल्लो समय चामलसँगै इन्डक्सन चुलोको समेत बिक्री बढेको छ ।।


