- Loading...
बाँकेको राप्तीसोनारीमा दुध उत्पादक किसानबीच छलफल, आफुहरुले उचित मुल्य नपाएको निष्कर्ष
- कृषि टि.भी.
- ३ साल अघि
- ३१ पटक पढिएको

बाँकेको राप्तीसोनारी गाउँपालिकाका दुध उत्पादक किसानहरूले दूधको उचित मूल्य नपाएको गुनासो गरेका छन् । आफूहरूले उत्पादन गरेको दूध बिक्री गर्दा सरकारले निर्धारण गरेको मूल्य नपाउदा सस्तोमा बिक्री गर्नुपर्ने परेको उनीहरुको गुनासो छ । राप्तीसोनारी ९ स्थित ढकेरीमा रहेको महादेवपुरी दुग्ध उत्पादक सहकारी संस्थाले दुध उत्पादक किसानसँंग गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीहरूले उचित मूल्य नपाएको बताएका हुन् । ढकेरीका दुध उत्पादक किसान सिर्जना शर्माले आफूहरूले उत्पादन गरेको दूधले उचित मूल्य नपाउँदा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता रहेको बताउनुभयो । किसान शर्माका अनुसार बिचौलियाले आफूहरूबाट प्रतिलिटर ५० रुपैयामा लिएर उपभोक्तालाई ८० रुपैयाँमा बेच्ने गरेका छन । सोही तथ्यांक अनुसार दुध उत्पादक किसान मर्कामा परेको सरोकारवालाहरुले बताएका छन । सरकारले निर्धारण गरे अनुसारको दूधको सबै मूल्य किसानले पाउनुपर्ने पनि कार्यक्रमका सहभागीहरुले माग गरेका छन । यस्तै अर्का किसान वीरबहादुर डाँगीले पनि आफूहरूले उत्पादन गरेको दूध सस्तो मूल्यमा बिक्री गर्नुपरेको बताउनुभयो । यता एवन डेरी उद्योगका सञ्चालक सन्तोष पौडेलले किसानको मागको समर्थन गर्दै शुद्ध र पोषणयुक्त दूध उत्पादनमा किसानले विशेष जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै राप्तीसोनारी गाउँपालिका ९ का वडाअध्यक्ष महावीर ओलीले पनि किसानको मागलाई समर्थन गर्दै किसानद्वारा उत्पादित दूधलाई सहजै बजारसम्म पु¥याउन सक्ने वातावरण निर्माण गरिने बताउनुभयो ।।


