FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • अत्यावश्यक बस्तुको कालोबजारी रोक्न उपभोक्ताले स्वःनियमन गर्नुपन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    अत्यावश्यक बस्तुको कालोबजारी रोक्न उपभोक्ताले स्वःनियमन गर्नुपन

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यक बस्तुको कालोबजारी रोक्न उपभोक्ताले स्वःनियमन गर्नुपर्ने बताउनुभएको छ । विश्व उपभोक्ता दिवसका अवसरमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टले अहिले सरकार पनि कालोबजारी नियन्त्रण गर्न लागि परेको बताउनु भएको हो ।
    मन्त्री भट्टले बजारमा मौलाएको कालोबजारीबाट जोगिन उपभोक्ता पनि सचेत हुनुपर्ने धारणा राख्नुभयो । कालोबजारी नियन्त्रण गर्न २४ घण्टा नै नियमन कार्य भइरहेको उहाले जानकारी दिनुभयो । मन्त्री भट्टले मुलुकमा अत्यावश्यक बस्तुको अभाव हुन नदिन जनता, सरकारी तथा गैर सरकारी निकाय, अधिकारकर्मी एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाले अत्यावश्यक बस्तु मौज्दात नराख्न पनि आग्रह गर्नुभयो । उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशिलता’ भन्ने मुल नाराका साथ आइतबार विश्व उपभोक्ता दिवस मनाइएको हो । सोही कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित