FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • किसानका समस्यामा सरकार तथा सांसद नै उदासीन, गाँजा खेती प्रवद्र्धनमा विशेष जोड

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २३ पटक पढिएको
    किसानका समस्यामा सरकार तथा सांसद नै उदासीन, गाँजा खेती प्रवद्र्धनमा विशेष जोड

    कृषि उत्पादनको उचित मूल्य नपाएका किसानको समस्या सांसदहरुका लागि खासै ठूलो विषय बन्दैन । वर्षौंसम्म उखुको भुक्तानी नपाएका सर्लाहीका उखु किसानले त सरकारको ध्यानाकर्षण गराउन काठमाडौंमा आएर धर्ना नै बसेका थिए । त्यसबाहेक तरकारी, धान लगायत कृषि बालीको मूल्यमा समेत किसानहरु ठगिँदै आएका छन् । उखु, धान जस्ता कृषिजन्य वस्तु सर्वसाधारणको जनजीवनसँग जोडिएका वस्तु भएपनि उक्त विषयमा संसदमा कमैमात्र छलफल हुने गरेको छ । बहुसंख्यक किसान र जनताको सरोकार जोडिएको त्यस्ता बालीभन्दा सांसदहरुको ध्यान भने कम प्राथमिकता जानुपर्ने विषयमा केन्द्रित हुन थालेको देखिएको छ । सिन्धुपाल्चोकबाट निर्वा्चित प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङले गाँजा खेती गर्न पाउनुपर्ने मागसहित प्रतिनिधि सभामा विधेयक दर्ता गराएबाट उक्त कुरा पुष्टि हुदै गएको छ । गाँजा खेतीबाट किसानको आर्थिकस्तर उकासिने तर्कसहित अघिल्लो महिना उहाले विधेयक दर्ता गराउनुभएको हो । गत पुस पहिलो सातादेखि काठमाडौंमै आएर आन्दोलन गरेका सर्लाहीका उखु किसानले विगत ६ वर्षदेखिको उखुको भुक्तानी अझसम्म पाएका छैनन् । उनीहरुले आगामी चैत पहिलो सातासम्म भुक्तानी नपाएमा फेरि काठमाडौं आएर अनिश्तिचकालीन अनसन बस्ने चेतावनी दिएका छन् । उखु उत्पादक किसानले सरकारले दिने अनुदान समेत पाएका छैनन् । यता ह्याचरी उद्योग संघले चल्लाको मूल्य बढाउन गत मंसिर अन्तिम साता ३० लाख चल्ला नष्ट गरेका छन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित