- Loading...
पछिल्लो समय दाङमा माछापालन व्यवसाय फस्टाउदै, स्वरोजगार बन्दै स्थानीय किसान
- कृषि टि.भी.
- ३ साल अघि
- १६ पटक पढिएको

दाङमा पछिल्लो समय माछापालन व्यवसाय फस्टाउदै गएको छ । कुनै समय नदि, खोला र प्राकृतिक पोखरीमा पालिने माछाले धान्दै आएको जिल्लाका बजार अहिले व्यावसायिक रुपमा पालन गर्दै आएको माछाले लिन थालेको छ । माछापालनका लागि उपयुक्त माटो, हावा र पानीसँगै उत्पादित माछाको बजारसमेत राम्रो सम्भावना भएपछि पछिल्लो समय जिल्लामा माछापालन व्यवसाय बढ्दै गएको हो । थोरै श्रमबाट पनि उक्त व्यवसाय गर्न सकिने र त्यसबाट राम्रो उत्पादन लिन सकिने भएपछि माछापालन व्यवसायमा युवाहरुको आकर्षण बढेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका अनुसार जिल्लाका विभिन्न स्थानमा ७३ हेक्टर जमिनमा माछापालन गरिएको छ । त्यसमध्ये ४१ हेक्टरमा कृत्रिम पोखरी निर्माण गरेर माछापालन हुने गरेको छ । भने ३२ हेक्टर प्राकृतिक पोखरी तथा खोलाहरुमा माछापालन गरिँदै आएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङका मत्स्य विकास अधिकृत महेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । मत्स्य विकास अधिकृत यादवका अनुसार ४१ हेक्टर जमिनमा तीन सय ९० वटा विभिन्न साइजका माछा पोखरीहरु निर्माण गरिएको छ । सोही पोखरीमा माछापालनदेखि माछाका भुरा उत्पादन गरिदै आएको छ । माछापालन गरिएको ७३ हेक्टर प्राकृतिक र कृतिम पोखरीबाट प्रतिहेक्टर ४ दशमलव ६ मेट्रिक टन माछा उत्पादन हुने गरेको केन्द्रले बताएको छ ।।


