FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • चोभारमा सबस्टेसन बनाउन जग्गाको टुंगो, उद्योग र ऊर्जा मन्त्रालयबीच सहमती

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २२ पटक पढिएको
    चोभारमा सबस्टेसन बनाउन जग्गाको टुंगो, उद्योग र ऊर्जा मन्त्रालयबीच सहमती

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चोभारमा सवस्टेसन बनाउन जमिन उपलब्ध गराउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको अग्रसरतामा दुई मन्त्रालयबीच आइतबार भएको छलफलमा उद्योगमन्त्री लेखराज भट्टले सवस्टेसनका लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन । करिब २० वर्षअघि सुरु भएर पनि निर्माण हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ । ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सवस्टेसन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुर विद्युत् पुर्याउने योजना अघि सारेको हो । तर सवस्टेसन निर्माण गर्न जमिन नहुँदा काम अघि बढ्न सकेको छैन । सोही स्थानमा बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमिन सुक्खा बन्दरगाह निर्माण गर्न सरकारले यसअघि नै खरिद गरेको थियो । उद्योग अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ । कति जमिन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्यन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति दुई मन्त्रालयबीच भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित