- Loading...
नेपाली सेनाले सिटीइ भिटीसंगको आवद्धतामा इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने
- कृषि टि.भी.
- ३ साल अघि
- १४ पटक पढिएको

नेपाली सेनाले सिटीइ भिटीसंगको आवद्धतामा डिप्लोमा इन अटोमोबाइल र डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आइतबार भक्तपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) र नेपाली सेनाबीच सोही कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको हो । सम्झौता पत्रमा सिटीइभिटीका सदस्य सचिव डा.पुुष्परमण वाग्ले र नेपाली सेना विद्युत तथा यान्त्रिक सेवा निर्देशनालयका निर्देशक सहायक रथी भोलानाथ बुढाथोकीले हस्ताक्षर गर्नुभएको थियो । सेनाका कार्यरत प्राविधिक तथा ट्रेडतर्फको दक्ष जनशक्तिको कार्यक्षमताबृद्धि गर्ने उदेश्य अनुरुप उक्त शैक्षिक कार्यक्रम भक्तपुर खरिपाटीस्थीत सेनाको विधुत तथा यान्त्रीक शिक्षालयमा संचालन गरिने निर्देशक बुढाथोकीले जानकारी दिनुभयो । उहाले उक्त शैक्षिक कार्यक्रमका लागि साढे दुई करोड लाग्ने र बाकी बिषयलाई कार्यविधीमा राखिने बताउनुभयो । सम्झौता कार्यक्रममा सिटीइभिटीका सदस्य सचिव वाग्लेले उक्त सम्झौताबाट नेपालमा नै दक्ष जनशक्ति उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो । नेपाली सेनाले पहिलोपटक प्राविधिक शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको हो ।।


