FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • शीतभण्डार निर्माण हुँदै

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १४ पटक पढिएको
    शीतभण्डार निर्माण हुँदै

    किसानले उत्पादन गरेको तरकारी तथा बिउ लामो समयसम्म भण्डारण गर्न बागमती प्रदेश सरकारले प्रदेशको १० जिल्लाका १२ स्थानमा शीतभण्डार निर्माण गरिरहेको छ । प्रदेश सरकारले स्थानीय सरकार तथा निजी क्षेत्रसँगको सहलगानीमा शीत भण्डार निर्माण गरिरहेको हो ।
    वहुवर्षीय कार्यक्रम अन्तर्गत गत वर्षदेखि सुरु भएको शीत भण्डार निर्माणको काम आगामी वर्षभित्र सम्पन्न गर्ने प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । १२ वटा शीत भण्डार निर्माण गर्न ७८ करोड रुपैयाँ लगानी निर्धारण गरिएको छ । ३ सय मेट्रिक टनदेखि ५ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरिरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयका सचिव डा.योगेन्द्रकुमार कार्कीका अनुसार मन्त्रालयले ७० प्रतिशत र ३० प्रतिशत स्थानीय तहले बेहोर्ने गरी १० स्थानमा सम्झौता भई धमाधम काम भइरहेको छ भने ५०÷५० प्रतिशत लगानी साझेदारीमा २ वटा स्थानमा निजी क्षेत्रसँग सम्झौता भएको हो । स्थानीय तहसँगको साझेदारीमा चितवनको खैरहनी, धादिङको बेनिघाटमा १५÷१५ सय मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण भइरहेका छन् भने दोलखाको भीमेश्वरमा २ सय मेट्रिक टन र रसुवामा ३ सय मेट्रिक टन क्षमताका शीतभण्डार निर्माण गत वर्षदेखि नै सुरु भएको छ । यता काभे्रको बनेपामा पनि शीतभण्डार निर्माण गर्ने मन्त्रालयले योजना बनाए पनि जग्गा नपाउँदा योजना स्थगित गरिएको मन्त्रालयका सचिव कार्कीले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित