- Loading...
कर्णालीमा चैतमा पनि भारी हिमपात, स्थानीय स्याउ किसानलाई सिंचाईमा राहत
- कृषि टि.भी.
- ३ साल अघि
- २५ पटक पढिएको

करिब एक दशक भन्दापछि कर्णालीमा चैतमा भारी हिमपात भएको छ । कर्णालीमा माघ दोस्रो सातादेखि गर्मी बढ्ने तथा हिमपात रोकिने गरेको थियो । तर जलवायु परिवर्तनकै कारण यसवर्ष भएको करिब १० औं पटकको हिमपात चैत महिनामा हुँदा कर्णालीका किसान खुसीसँगै अच्चमित भएका छन् । प्रायः खडेरी पर्ने महिनामा भारी हिमपात हुँदा स्थानीय भने खुसी भएका छन । स्थानीय किसान विष्णु अधिकारीका अनुसार चैतमा भएको हिमपातले स्याउ किसानलाईे राहत मिलेको छ । जिल्लामा स्याउका बिरुवा काँटछाटका साथै, बिरुवा रोप्ने तथा नयाँ बगैंचा व्यवस्थापन गर्ने क्रम चलिरहेको छ । स्याउका बिरुवा रोप्न बनाइएका खाडलमा हिउँका डल्ला राख्दा महिना दिनका लागि सिँचाई पुग्ने कृषि ज्ञान केन्द्र जुम्लाका प्रमुख बालकराम देवकोटालेजानकारी दिनुभयो । चैतमा हिमपात हुनु नौलो कुरा भएपनि किसानलाई राहत पुगेको उहाको भनाई छ । यस्तै चालु आर्थिक वर्ष पर्याप्त वर्षात भएकाले उत्पादन वृद्धि हुने अनुमान गरिएको छ । विगतका वर्षहरुमा चैतमा खडेरी पर्दा लेकाली र खेताली बालीको उत्पादन घट्दै गएको थियो । तर लामो समयपछि चैतमा हिउँ पर्दा कर्णालीका किसान खुसी भएका छन् । यता शुक्रबारदेखि मौसममा भएको खराबीले कर्णालीमा हुने सबै हवाई यातायात बन्द भएका छन् ।।


