FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना संक्रमणको समस्या विश्वव्यापी रुपमा देखिएकाले समस्या समाधान गर्न पहल

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १२ पटक पढिएको
    कोरोना संक्रमणको समस्या विश्वव्यापी रुपमा देखिएकाले समस्या समाधान गर्न पहल

    कोरोना संक्रमणको समस्या विश्वव्यापी रुपमा देखिएकाले समस्या समाधान गर्न सरकारले पहल गर्ने जनाएको छ । कोरोना विश्वभर देखिएको समस्या भएको उल्लेख गर्दै पर्यटन व्यवसायीहरुलाई ठोस कार्ययोजना पेश गर्न पनि सरकारले सुझाव दिएको हो । कोरोना न्यूनिकरण तथा रोकथाम उच्च स्तरीय समिति र पर्यटन व्यवसायी तथा हवाइजहाज व्यवसायीहरुबीच कोरोनाको त्रासका कारण सिर्जित समस्याबारे सोमबार रक्षा मन्त्रालयमा छलफल भएको छ । समितिका संयोजक समेत रहनुभएका रक्षामन्त्री इश्वर पोखरेलले कोरोनाका कारण देखिएको अन्य समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको हो । यता हवाई क्षेत्र तथा पर्यटन क्षेत्रमा भएका समस्याको यकिन आंकलन गरी तत्काल ठोस अवस्था पेश भए त्यसको निकास निकाल्न सकिने रक्षामन्त्री पोखरेलले बताउनुभयो । कोरोना रोकथामका लागि पनि सरकार लागि परेको उहाले बताउनुभयो । त्यस्तै पर्यटनमन्त्री योगेश भट्टराईले समस्या समाधानका लागि आवश्यक परे मन्त्रिपरिषद्बाट समेत निर्णय गराइने बताउनुभयो । छलफलमा व्यवसायीहरुले कोरोना त्रासका कारण व्यवसाय धारासायी बनेको भन्दै रक्षामन्त्रीको ध्यानाकर्षण गराएका थिए ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित