- Loading...
उद्योगीलाई जोगाउदै वीरगन्जका उपप्रमुख,सार्वजनिक जग्गामा न्यायिक समितिको लार्पावाही
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

वीरगन्ज महानगरपालिकाले सार्वजनिक ऐलानी जग्गा संरक्षण गर्नुको सटटा निजी उद्योगलाई प्रयोग गर्न दिएको छ । वीरगन्ज ३० लालपर्सामा रहेको करोडौ मुल्यको सार्वजनिक पर्ती जग्गा, महानगरपालिकाको न्यायिक समितिले निजी उद्योगलाई दिने फैसला गरेको हो । सुख्खा बन्दरगाह परवानीपुर सडकखण्ड छेउमै रहेको २ बिघा ५ कठ्ठा सार्वजनिक पर्ती जग्गा, महानगरकी उपप्रमुख शान्ति कार्की संयोजक रहेको न्यायिक समितिले लालपर्साकै युनाइटेड लोजिष्टीक नेपाल प्रालिलाई बाटोको रुपमा प्रयोग गर्न दिने फैसला गरेको हो । न्यायिक समितिले गत माघ १२ गते उक्त फैसला गरेको हो । यसअघि उक्त सार्वजनिक जग्गामा उद्योगले बाटोको रुपमा प्रयोग गर्न गत कात्तिकमा माटो पुर्न थालेपछि स्थानीयले विरोध गर्दै स्थानीय प्रशासनमा उजुरी दिएका थिए । स्थानीयको उजुरीपछि उद्योगले माटो पुर्ने काम रोकेको थियो । यसअघि २०७५ साल फागुनमै गाउँमा बसेको सर्वपक्षीय बैठकले उक्त सार्वजनिक जग्गामा ज्येष्ठ नागरिक पार्क बनाउने निर्णय पनि गरेको थियो । तर न्यायिक समितिले उद्योगको आर्थिक प्रलोभनमा परेर सार्वजनिक जग्गा हिनामिना गर्ने फैसला गरेको स्थानीयले आरोप लगाएका छन । करोडौं मुल्यको सार्वजनिक जग्गा, निजी उद्योगलाई प्रयोग गर्न दिने निर्णयप्रति त्यस क्षेत्रका सांसद प्रदीप यादवले पनि आपत्ति जनाएका छन् ।।


