FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • देशका बिभिन्न स्थानमा आइसियु र आइसोलेशन बेड थप गर्ने निर्णय

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १२ पटक पढिएको
    देशका बिभिन्न स्थानमा आइसियु र आइसोलेशन बेड थप गर्ने निर्णय

    सरकारले कोरोना संक्रमितको उपचारका लागि देशका बिभिन्न स्थानमा आइसियु र आइसोलेशन बेड थप गर्ने निर्णय गरेको छ । सिंहदरबारमाा सोमबार बसेको सरकारले गठन गरेको कोरोना रोकथाम उच्चस्तरीय समिति बैठकले सम्भावित संक्रणको अवस्थालाई आकलन गरेर प्रदेश र केन्द्रमा दुई सय १५ आइसियु थप गर्ने निर्णय गरेको हो । सरकारले हाल रहेका आइसियुलाई यथावत राखि बिभिन्न अस्पतालमा दुई सय १२ आइसियु थप गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयका सचिव एवं समितिका सदस्य सचिव नारायण प्रसाद बिडारीले जानकारी दिनुभयो । सोही बैठकले उपत्यकाभित्र बिभिन्न अस्पतालका साथै खालि रहेका केहि भवनमा अत्याधुनिक उपकरण सहितको आइशोलेशन बेडको संख्या एक हजार पुराउने निर्णय समितिले गरेको छ । यता प्रदेश सरकारलाई पनि आइशोलेशन बेडको व्यवस्था गर्न अनुरोध गर्ने निर्णय भएको सदस्य सचिव बिडारीले बताउनुभयो । उक्त बैठकले काठमाडौंको अन्तराष्ट्रिय र आन्तरिक बिमानस्थलमा सवै यात्रुमा कोरोना स्क्रीनिङको व्यवस्था गर्ने उहाले बताउनुभयो ।त्यस्तै सञ्चार माध्यमबाट कोरोनाबाट बच्ने उपायका बारेमा जनचेतनामुलक सन्देश प्रवाह गर्न पनि आग्रह गरेको छ । समितिको बैठकले कोरोना संक्रमणको जाँच गर्न आवश्यक उपकरणहरु खरिद गर्ने र सवै प्रदेशमा पठाउने निर्णय पनि गरको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित