- Loading...
ग्यासको कुनै अभाव नभएको भन्दै अनावश्यक रुपमा सञ्चय नगर्न आग्रह
- कृषि टि.भी.
- ३ साल अघि
- २८ पटक पढिएको

ग्यास उद्योगी र बिक्रेताहरुले ग्यासको कुनै अभाव नभएको भन्दै अनावश्यक रुपमा सञ्चय नगर्न आग्रह गरेको छ । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले सोमबार संयुक्त रुपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अहिले नेपालमा ग्यासको अभाव नरहेको र पर्याप्त मौज्दात रहेको बताएको हो । कोरोनाको त्रासका कारण एक्कासी ग्यासको माग बढ्न गएको र बिक्रि वितरणमा समस्या भएको भन्दै उनीहरुले प्रज्वलन जस्तो एलपी ग्यासको आवश्यकता भन्दा बढि सञ्चय नगर्न आग्रह गरेको छ । अहिले ग्यासको आयात बिगतको भन्दा बढि भएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सोही कार्यक्रममा नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले होलीका कारण आयातमा केहि समस्या देखिए पनि अहिले निर्वाध रुपमा आयात भइरहेको जानकारी दिनुभयो । अहिले एक करोड २३ लाख सिलिण्डर बजारमा रहेको र दैनिक एक लाख सिलिण्डर खपत रहेको उहाले बताउनुभयो । नेपाल ग्यासमा केहि समस्या देखिएको भन्दै नेपाल ग्यास उद्योगलाई दैनिक विवरण दिन भनिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । नेपाल एलपी ग्यास उद्योग संघ र ग्यास विक्रेता महासंघ नेपालले खाली भएको ग्यासमात्र साट्न र नयाँ सिलिण्डर बिक्रि नगर्न भनिएको जानकारी दिएको छ । त्यस्तै ग्यासको आपूर्ति व्यवस्था सहज राख्न प्रतिवद्ध रहेको पनि जनाएको छ ।।


