FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • इलामको सन्दकपुर गाउँपालिकाले कृषि ऐन निर्माण, किसान बर्गिकरणमा विशेष जोड

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    इलामको सन्दकपुर गाउँपालिकाले कृषि ऐन निर्माण, किसान बर्गिकरणमा विशेष जोड

    इलामको सन्दकपुर गाउँपालिकाले कृषि ऐन निर्माण गरेको छ । स्थानीय सरकारले कृषि ऐन निर्माण र लगानीमा चासो नदिएको गुनासो बढिरहेको बेलामा उक्त गाउँपालिकाले ऐन निर्माण गरेको हो । कृषि प्रधान मुलुकमा हालसम्म स्थानीय तहले कृषि ऐन निर्माण नगर्नु कृषि पेशाप्रति बेवास्ता भएको भन्ने यसअघि गुनासो बढेको थियो । किसानसँग स्थानीय सरकार भन्ने नारा लिएको गाउँपालिकाको छैटौं गाउँसभाले ऐन पारित गरेको प्रवक्ता गिरीराज खनालले जानकारी दिनुभयो । गाउँपालिकाले वर्गिकरण सहितको किसान परिचय पत्र वितरण लगायतका कार्यक्रम समेत अघि बढाउनका लागि ऐन निर्माण गरेको गाँपालिकाले बताएको छ । जिल्लामा रहेका ४ नगरपालिका र ६ वटा गाउँपालिकामध्ये उक्त ऐन पहिलो नै भएको छ । अधिकांश मानिस कृषिमा संलग्न रहेपनि अन्य स्थानीय तहले त्यस किसिमको ऐन जारी गर्न सकेको छैन । गाउँपालिका अध्यक्ष उदय राईले किसानको व्यावसायिक हितका लागि ऐन निर्माण गरेर काम अघि बढाएको बताउनुभयो । राष्ट्रिय कृषक समूह महासंघ इलामको प्राविधिक सहयोगमा ऐन निर्माण गरिएको उहाको भनाई छ । यता कृषि ऐन जारी गर्न सबै स्थानीय तहलाई भनिएको महासंघका अध्यक्ष विष्णु दुलालले जानकारी दिनुभयो । आफूहरुले त्यसका लागि सहयोग गर्ने पनि उहाको भनाई छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित