FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सुकुम्बासीको समस्या समाधान गर्न थालिएको

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३६ पटक पढिएको
    सुकुम्बासीको समस्या समाधान गर्न थालिएको

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रविधिको प्रयोग गरेर पटके सुकुम्बासीको समस्या समाधान गर्न थालिएको बताउनुभएको छ । मंगलबार राष्ट्रियसभाको बैठकको विशेष समयमा बोल्दै उहाँले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या सधैँका लागि अन्त्य हुने बताउनु भएको हो । मंगलबार बसेको बैठकमा मन्त्री अर्यालले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधान हुने गरी अधिकार सम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्ने तयारी भइरहेको बताउनुभएको छ । सुकुम्बासीका समस्या समाधान गर्न मुलुकभर भूमि नभएकालाई प्राथमिकता दिएर सम्बोधन गरिने बताउनु हुँदै उहाँले त्यसपछि अव्यवस्थित बसोबासको व्यवस्थापन गरिने जानकारी दिनुभयो । मन्त्री अर्यालले सरकार अब सङ्कल्पसहित सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको र त्यसमा सबैको सहयोग आवश्यकता रहेको बताउनुभयो । उहाँले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन र संरक्षण गर्न जाँचबुझ आयोग गठन गरिएको पनि अवगत गराउनुभयो । मन्त्रालयबाट अध्ययन गरेर सीधै मालपोत कार्यालयमार्फत पनि अतिक्रमण भएका जग्गाको दर्ता बदर गर्ने गरिएको उहाँले बताउनुभयो । बैठकले प्रमाण विधेयक २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यसैगरी उक्त बैठकले राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभामा पठाइएको शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ संशोधन स्वीकारसहित पुनःपारित गरियोस भन्ने प्रस्ताव पारित गरेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित