FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दैनिक उपभोग्य वस्तु सुपथ मूल्य तथा सहज रुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ७ पटक पढिएको
    दैनिक उपभोग्य वस्तु सुपथ मूल्य तथा सहज रुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने

    सरकारले कोरोना भाइरस संक्रमणलाई लक्षित गरी दैनिक उपभोग्य वस्तु सुपथ मूल्य तथा सहज रुपमा उपलब्ध गराउन सुपथ मूल्यका पसल सञ्चालन गर्ने भएको छ । संसद्को उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा कोरोना भाइरस संक्रमणको जोखिमबारे मंगलबार भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सस्तो पसल खोल्न लागेको जानकारी दिनुभएको हो । मन्त्री भट्टले खाद्यान्नको सस्तो पसल निश्चित ठाउँहरुमा खोल्ने तयारी खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले गरिरहेको बताउनुभएको छ । यस्तै सरकारले मोबाइल पसल पनि सञ्चालन गर्नेे गरी तयारी गरेको भन्दै त्यसले मूल्यवृद्धि र अभाव सिर्जना गर्नबाट रोक्ने उहाले जानकारी दिनुभयो । मन्त्री भट्टले ७७ वटै जिल्लामा गृह मन्त्रालयसँग समन्वय गरेर कालोबजारी गर्नेलाई कानुनी दायरामा ल्याउने काम भइरहेको बताउनुभयो । अहिले बजारमा खाद्यान्न, औषधि, ग्यास तथा पेट्रोलको कुनै अभाव नरहेको भन्दै नेपाल आयल निगमले शनिबार दिउँसो १ बजेसम्म पेट्रोल डिपो खोल्ने जानकारी दिनुभयो । बैठकले बजारमा दैनिक उपभोग्य सामानमा भइरहेको कालोबजारी रोक्न, आपूर्ति ब्यवस्थालाई सहज बनाउन र प्रभावकारी अनुगमन मार्फत गूणस्तरीयता कायम गर्न सरकारी निकायलाई निर्देशन दिएको समिति सभापति बिमलप्रसाद श्रीवास्तवले जानकारी दिनुभयो । त्यस्तै कालोबजारी गर्नेलाई कडाभन्दा कडा कारवाही गर्न पनि सरकारलाई निर्देशन दिइएको उहाले बताउनुभयो । कोरोना भाइरसको महामारी फैलिएको भन्दै र बजारमा दैनिक उपभोग्य बस्तु अभाव नहुने गरि प्रचारप्रसार गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । सोही बैठकमा सांसदहरुले बजारमा भएको खुलेआम कालोबजारी भएपनि त्यसलाई नियन्त्रण गर्न चासो नदेखाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित