- Loading...
पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध नभएको स्पष्ट
- कृषि टि.भी.
- ३ साल अघि
- २८ पटक पढिएको

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले पेट्रोलियम पदार्थको आयातमा कुनै बाधा तथा अवरोध नभएको स्पष्ट पार्नुभएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले आफूहरुले डिमाण्ड र सप्लाईको आवश्यकत्ता पूरा गरिरहेको पनि जानकारी दिनुभयो । साक्षात्कारमा बोल्दै कार्यकारी निर्देशक पौडेलले भैरहवाबाट तेल ल्याउन आफुहरुले निर्देशन दिएको बताउनु भएको छ । अहिले सबै पेट्रोल पम्पमा तेल पुग्ने क्रममा रहेको पनि उहाले जानकारी दिनुभयो । त्यस्तै ग्याँसको सवालमा अहिले देखिएको समस्या आवश्यक भन्दा बढि सिलिण्डर स्टोरेज गर्नु नै प्रमुख कारण भएको उहाले स्पष्ट पार्नुभयो । त्यस्तै नेपाल एलपी. ग्याँस उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले ग्याँसको कुनै समस्या नभएको जिकिर गर्नुभयो । उहाले दैनिक एक लाख सिलिण्डर देशभरि खपत हुँदै आएको तथ्यांक बताउनु हुदै अहिले सोही परिमाणमा आपूर्ति भैरहेकाले कुनै समस्या नहुने जिकिर गर्नुभयो । पेट्रोलियम ढुवानी व्यवसायी संघका अध्यक्ष खगेश्वर बोहोराले भारतदेखि अहिले ७ वटा नाकाबाट पेट्रोलियम पदार्थ आपूर्ति भैरहेको जानकारी दिनुहँदै बजारमा कुनै अभाव नभएको स्पष्ट पार्नुभयो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई तत्काल कारबाही गरिएको स्पष्ट पार्नुभयो ।।


