FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • झापाको दमकमा ३० बिघा जग्गा अतिक्रमण, सरकारी जग्गा हडप्ने विरुद्ध मुद्दा दायर

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३० पटक पढिएको
    झापाको दमकमा ३० बिघा जग्गा अतिक्रमण, सरकारी जग्गा हडप्ने विरुद्ध मुद्दा दायर

    झापाको दमक नगरपालिका–८ बालुवाटारस्थित सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न नेकपा नेता गगन पुरीलगायत विरुद्ध मुद्दा दायर भएको छ । नेकपा नेता पुरीलगायतलाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालय भद्रपुरले मुद्दा दायर गरेको हो । अदालतमा दायर गरिएको मुद्दामा संलग्न भएकाहरु विरुद्ध सरकारी छाप दस्तखत किर्तेमा सजायका साथै २ करोड ६९ लाख ५५ हजार रुपैयाँ भन्दा बढीको बिगो दावी गरिएको छ । नेता पुरीले सरकारी कर्मचारीको मिलेमतोमा दमक –८ को सरकारी जग्गा गैरकानुनी रुपमा आफूलगायत आफू निकटका नाममा नामसारी गरेको अभियोग दावी गरिएको छ । प्रहरीले गरेको अनुसन्धानका आधारमा कुल ३० बिघा जग्गामध्ये ९ बिघा जग्गा किर्ते गरेको र फरक–फरक स्थानमा रहेको बाँकी २१ विघा जग्गा हडपी आफ्नो नाममा श्रेस्ता कायम गरी विभिन्न व्यक्तिलाई बिक्रीसमेत गरेको देखिएको छ । जग्गा हिनामिना प्रकरणमा संलग्न गगन पुरी, उनका दाजु देवकुमार पुरी, मनमाया पुरी, केशावती पुरी, भूमिका कोइराला, रमेश ढकाल, रमेश गिरीलगायत नापी कार्यालयका कर्मचारी बिन्देधर पन्जियार, विनोदकुमार मण्डल, सिताराम यादव, इन्द्रीस नदाफ, शेषबहादुर श्रेष्ठविरुद्ध मुद्दा दायर भएको हो । यता मालपोतका कर्मचारी ठाकुरप्रसाद निरौला, बाबुराम भट्टराई, सोमप्रसाद पोखरेल, र खगेश्वर भट्टराईविरुद्ध बिगोसहित सरकारी छाप दस्तखत किर्तेको माग दावीसहित अभियोग तयार भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित