- Loading...
सामुहिक बीमा, कर्णाली बासीका लागि उपहार
- कृषि टि.भी.
- ३ साल अघि
- १०७ पटक पढिएको

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले सामुहिक बीमा, कर्णाली बासीका लागि उपहार भएको बताउनुभएको छ । उहाले समाजवादी कार्यक्रमको अभ्यास भएको भन्दै नागरिकले विपतमा सरकारलाई सम्झिने वातावरण अनुरुप बीमा कार्यक्रम लागु गरिएको बताउनुभएको हो । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कर्णालीलाई विपत तथा जोखिमविरुद्ध सामुहिक दुर्घटना बीमा कार्यक्रमको व्यवस्था गरेको बताउनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रलायले राष्ट्रिय बीमा कम्पनीसँग उक्त कार्यक्रमको सम्झौता गरेको जानकारी दिनुभयो । परिवर्तनका लागि समाजवादी कार्यक्रम अन्तरगत मृतकका आफन्तले दुई लाख पाउने उहाले बताउनुभयो । मन्त्री भण्डारीले विपत वा जोखिमका बेला आधारभूत रुपमा सामाग्री संकलन गर्न जानकारीमुलक कार्यक्रम लागु गरिएको पनि बताउनुभयो । प्रदेश सरकारले विपत पीडितको आभास निर्माण गरिरहेको मन्त्री भण्डारीले जानकारी दिनुभयो । अर्को प्रसंगमा मन्त्री भण्डारीले कर्णालीमा देखिएको भन्दा नदिएका सम्भावना धेरै भएको बताउनुभयो । प्रदेश सरकारले कर्णालीको गरिबी, अशिक्षा, पछौटेपनको परिभाषा बदल्ने गरी काम गरिरेको पनि उहाले दावी गर्नुभयो ।।


