FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • तस्करको हातमा चौपाया बुझाउदै बीरेन्द्रनगर,कृषि फार्म भन्दै चीनीया बजारमा बिक्री

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २४ पटक पढिएको
    तस्करको हातमा चौपाया बुझाउदै बीरेन्द्रनगर,कृषि फार्म भन्दै चीनीया बजारमा बिक्री

    तस्करको हातमा चौपाया बुझाउदै बीरेन्द्रनगर,कृषि फार्म भन्दै चीनीया बजारमा बिक्री । व्यावसायिक पशु फार्म सञ्चालनका लागि भन्दै नगरपालिकाले व्यक्तिलाई हस्तान्तरण गरेका उक्त गाई गन्तव्यसम्म भने पुग्न पाउँदैनन् । केही गाई बाटामै बिक्री हुन्छन् भने बाँकी चीनसम्म पुग्ने सरोकारवालाहरुले आँकलव गरेका छन् । खार्पुनाथ गाउँपालिका–५ को वडा कार्यालयबाट दिएको सिफारिसका आधारमा वीरेन्द्रनगरले वीरबलका नाममा रहेको कृषि फार्मका लागि चौपाया उपलब्ध गराएको हो । उक्त फार्मलाई चौपाया दिन कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पनि सिफारिस गरेको छ । तर फार्म सञ्चालनका लागि भन्दै नगरपालिकाबाट लगिएका चौपाया वीरबलको समूहले बाटामै विक्री गर्ने बताएको छ । दैलेखको तल्लो डुंगेश्वर पुगेका कामीले विक्री गर्ने उद्देश्यले नगरपालिकाबाट चौपाया ल्याएको बताएको छ । वीरबलसहित रामसिंह र मोतिराम कामीले व्यावसायिक रुपमा चौपायाको कारोबार गर्दै आएका छन । उनीहरुलाई बीरेन्द्रनगरबाट गाउँसम्म पुग्न न्यूनतम २२ दिन लाग्ने बताएको छ । तर त्यही बिचमा लगिएको चौपाया बिक्री भइसक्ने उनीहरुले बताएका छन । चौपाया कारोबारी कामीहरु सहित त्यस क्षेत्रका स्थानीयले पनि तराईबाट चौपाया ल्याई चीनको सिमानामा बिक्री गर्ने गरेका छन ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित