FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • फैलिएको कोरोना भाइरसको लागि नेपाली सेनाले आन्तारिक तयारी प्रारम्भ

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    फैलिएको कोरोना भाइरसको लागि नेपाली सेनाले आन्तारिक तयारी प्रारम्भ

    चीनबाट सुरु भएर अन्तराष्ट्रिय रुपमा फैलिएको कोरोना भाइरसको लागि नेपाली सेनाले आन्तारिक तयारी सुरु गरेको छ । बुधबार सैनिक मुख्यालय भद्रकालीमा कोरोना भाइरस सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि पूर्वाभ्यास गरिएको हो । नेपाली सेनाले आफ्नो मुख्यालयमा अस्थायी टेन्ट लगाएर आइसोलेसन वार्ड बनाएको छ । सेनाले आन्तरिक तयारीका लागि जंगीअड्डामा संरचना तयार पारेको छ । सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले जंगीअड्डा परिसरमा ५४ वटा टेण्ट तयार गरिएको जानकारी दिनुभयो । यस्तै सेनाले छाउनीस्थित वीरेन्द्र अस्पतालमा १० वटा आइसोलेसन बेड तयार पारेको छ । त्यस्तै ५० जना सम्मलाई क्वारेन्टाइनमा राख्नका लागि स्थान तयार गरिएको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । उपत्यकामा वीरेन्द्र अस्पतालसँगै पोखरा, नेपालगञ्ज, इटहरी र १८ वटा अन्य स्थानबाट सेनाले विपतबाट बच्न अभ्यास गरेको प्रवक्ता पाण्डेले जानकारी दिनुभयो । सोही सङ्क्रमणको उपचार विधि तथा रोकथामका लागि अपनाउनु पर्ने सचेतनाबारे जानकारी दिँदै डा. ली बुढाथोकीले क्वारेन्टाइनमा छुट्टा–छुट्टै सरसफाइका लागि चाहिने आवश्यक पूर्वाधार बनाइएको जानकारी दिनुभयो । उहाले हरेक टेन्टमा संक्रमण फैलिन नदिन छुट्टाछुट्टै व्यवस्था गरिएको पनि बताउनुभयो । ६ मिटर दुरीमा बनाइएको प्रत्येक टेन्टमा २ जनालाई राख्न सकिने व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो । यता शान्ति स्थापनार्थ विभिन्न देशहरुमा तैनाथ सेनाहरुलाई कोरोना संक्रमणका बारेमा जानकारी गराउने, रोटेसन फ्लाइट स्थगित गर्ने र सरसफाई तथा सचेतनामा ध्यान दिन पूर्व सतर्कता अपनाइएको नेपाली सेनाले जनाएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित