FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दुई दिने अन्तरकृया कार्यक्रम बुधबार समापन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३५ पटक पढिएको
    दुई दिने अन्तरकृया कार्यक्रम बुधबार समापन

    राष्ट्रिय किसान आयोगको आयोजनामा भएको दुई दिने अन्तरकृया कार्यक्रम बुधबार समापन भएको छ । आयोगको सभाहल किर्तिपुरमा मंगलबारबाट शुरु भएको कार्यक्रममा रोष्टरमा सुचिकृत किसान संघ संगठनका नेतृत्व तथा कृषि विज्ञहरुको सहभागीता थियो । उक्त कार्यक्रममा कृषि क्षेत्रमा भएका विभिन्न समस्याहरुमाथि छलफल भएको थियो । मुलुकमा भएको तीन तहका सरकारहरुबीच कृषि रणनीति तथा कार्यक्रम कार्यन्यवनका सवालमा भएका कमी कमजोरीका विषयमा सहभागीहरुले टिप्पणी गरेका थिए । यता खाद्य उत्पादन बद्धिमा सरकारी ढंगबाट पर्याप्त अनुसन्धान नभएको पनि उनीहरुले बताएका छन । सरकारले दिने कृषि अनुदान तथा सुलभ कृषि कर्जामा पनि ग्रामीण भेगका साना किसानको पहुच नपुगेको किसान नेताहरुको भनाई छ । त्यस्ता सरकारी परियोजनामा राजनीतिक हस्तक्षेप र कर्मचारीतन्त्र हावी भएको उनीहरुको आरोप छ । उक्त कार्यक्रममा सहभागी हुनुभएकाु पुर्वमन्त्री हरि पराजुलीले नेपालको कृषि क्षेत्रमा थुपै क्रान्ति भएपनि खासै उपलब्धि नभएको बताउनुभएको छ । सरकारले लिएको लक्ष्य अनुसार उत्पादन बढाउन कृषिमा आधनिक प्रविधिको विस्तार, सिंचाई, मल तथा बीउबिजन र बजारीकरामा राज्य जिम्मेवार हुनुपर्ने व्यावसायी किसानहरुको माग छ । सोही कार्यक्रममा देवेन्द्रप्रसाद यादव र जगत देउजाले छुट्टाछुटै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित