- Loading...
विश्वविद्यालय सम्बन्धी विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरियो
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको छ । सिंहदरबारमा बसेको समितिको बैठकले छलफलपछि उक्त बिधेयक पारित गरेको हो । बुधबार भएको समितिको बैठकमा मूलतः विज्ञान तथा प्रविधि विषयमा विश्वस्तरको शिक्षा र अनुसन्धानका लागि नयाँ संरचनामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुन लागेको हो । विश्वविद्यालयको अध्यक्षमा नेपाली नागरिक हुनुपर्ने र विश्वविद्यालयको संरक्षक समितिमा सम्बन्धित क्षेत्रबाट प्रतिनिधिसभामा प्रत्यक्ष निर्वा्चित सांसद सदस्य हुने गरी निर्णयार्थ प्रस्तुत गर्दा सर्वसहमतिले पारित भएको थियो । सरकारले विश्वविद्यालयको अध्यक्षमा विदेशी नागरिक पनि हुनसक्ने प्रस्ताव गरेकामा समितिले अध्यक्षमा हुन नहुने तर अन्य पदाधिकारी हुन सक्ने गरी बाटो खुल्ला गरेको छ । अन्य विश्वविद्यालयमा उपकुलपतिको कार्यकारी नेतृत्व रहने व्यवस्था भएपनि मदन भण्डारीमा अध्यक्षले नेतृत्व गर्ने नयाँ संरचनागत प्रस्ताव गरिएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालय मकवानपुरको चित्लाङ वा काभ्रेको पाँचखाल र नमोबुद्धमा हुने भनी सरकारले प्रस्तुत गरेपनि समितिले केन्द्रीय कार्यालय विश्वविद्यालयको संरक्षक समितिले निर्णय गरेको स्थानमा हुने गरी पारित गरेको छ । संरक्षक समितिको दुई सदस्य मदन भण्डारी मेमोरियल फाउण्डेनका अध्यक्षले तोक्ने भनी प्रस्ताव गरिएकोमा विश्वविद्यालयका अल्मुनाइ मध्येबाट हुने गरी पारित भएको छ ।।


