FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • असिना पीडित किसानको बाली अनुगमन, बाजुरामा गँहु तथा तरकारीमा क्षति

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २० पटक पढिएको
    असिना पीडित किसानको बाली अनुगमन, बाजुरामा गँहु तथा तरकारीमा क्षति

    बाजुरामा गत शनिबार बेलुकी ५ बजे आएको अविरल वर्षासँगै परेको असिनाले बुढीगङ्गा नगरपालिकामा लगाइएको गँहु तथा तरकारी बाली नष्ट पारेको छ । अहिले सोही क्षेत्रमा असिनाले गरेको क्षतिका विषयमा नगरपालिकाले अनुगमनसँगै तथ्याङ्क सङ्कलन गरेको छ । असिना पानीले बुढीगङ्गाका झण्डै तीन हजार ७ सय ९७ किसान प्रभावित भएका छन् । बुढीगङ्गा नगरपालिकाका कृषि विकास शाखा प्रमुख दीपक थापाका अनुसार शनिबार बेलुकी आएको अविरल वर्षासँगै परेको असिनाले नगरका एक हजार ७ सय ७३ रोपनीमा लगाएको खाद्यान्न बाली नष्ट हुँदा करिव ९४ लाख ३१ हजार ६ सय २५ रुपैयाँको क्षति भएको छ । त्यसैगरी ५ रोपनीमा लगाएको तरकारी बाली नष्ट हुँदा ५३ लाख ४० हजार रुपैयाँको क्षति भएको छ । यता एक हजार २ सय ७५ रोपनीमा लगाएको फलफुलमा असिनाले ३१ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको क्षति गरेको अनुमान गरेको छ । अहिले असिना पीडित किसानकै जमिनमा गएर क्षतिको सबै तथ्याङ्क सङ्कलन गरिरहेको नगरले बताएको छ । कृषि ज्ञान केन्द्र बाजुराले भने राहतका लागि प्रदेश सरकार अन्तर्गत कृषि मन्त्रालय, विश्व खाद्यान स्वास्थ्य संगठनमा पेश गर्ने भएको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित