FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • दोलखाको ४वटा विद्यालय पुनर्निर्माणमा ढिलाई,

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १३ पटक पढिएको
    दोलखाको ४वटा विद्यालय पुनर्निर्माणमा ढिलाई,

    भूकम्प गएको चार वर्ष बित्न लाग्दासमेत दोलखाका चारवटा विद्यालयको भवन पुनर्निर्माण भएको छैन । कालिञ्चोक गाउँपालिका–६ लापिलाङको गुर्जपा आधारभूत विद्यालय, वैतेश्वरको कालीदेवी, मेलुङको भीम मावि र भीमेश्वरको दामाराङ आधारभूत विद्यालयका भवन पुनर्निर्माण हुन नसकेका हुन । २०३७ सालमा निर्माण भएको गुर्जपा आधारभूत विद्यालय भवन ०७२ सालको भूकम्पले भत्काएपछि दुई सय बालबालिका टिनका टहरामा पढ्न बाध्य छन । सरोकारवाला निकायले चासो नदिँदा अहिलेसम्म विद्यालय भवन बन्न नसकेको प्रधानाध्यापक ठिलेन शेर्पाले जानकारी दिनुभयो । प्रधानाध्यापक शेर्पाका अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले उक्त भवन निर्माणका लागि बजेट विनियोजन गरेको छैन । जिल्लाका धेरैजसो विद्यालय भवन निर्माण भइसक्दा पनि सोही विद्यालय टिनका टहरामै सञ्चालन भइरहेको छ । गुजर्पा आधारभूत विद्यालयमा भूकम्पअघि दुई विदेशी दाताले पक्की भवन निर्माण गरिदिएका थिए । तर उक्त भवन पनि भूकम्पले क्षतिग्रस्त बनेका छन । क्षतिग्रस्त भवनको भग्नावशेष अहिलेसम्म नहटाउँदा पठनपाठनमा समस्या हुने गरेको प्रधानाध्यापक शेर्पाले बताउनुभयो । यता पुनर्निर्माण प्राधिकरणले भने एडिबीले लगानी नगर्दा रोकिएका विद्यालय भवनको पुनर्निर्माण यसैवर्ष हुने दाबी गरेको छ । जिल्लाका चारवटा विद्यालय भवनको पुनर्निर्माण यसै आर्थिक वर्षबाट सरकारकै लगानीमा सुरु हुने बताइएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना एकाई शिक्षा दोलखाका प्रमुख देवकुमार बरालका अनुसार एडिबीले अन्तिम चरणमा हात झिकेपछि त्यस्ता विद्यालयको भवन तत्काल पुनर्निर्माण गर्न नसकेको हो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित