- Loading...
व्यावसायिक ओखरखेती गर्दै रुकुमका स्थानीय, डेढ करोडमा ४० हजार बिरुवा खरिद
- कृषि टि.भी.
- ३ साल अघि
- ३० पटक पढिएको

नगर क्षेत्रलाई ओखर सुपरजोनका रूपमा विकास गर्ने भन्दै रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले डेढ करोड रुपैयाँमा ४० हजार बिरुवा खरिद गरेको छ । कम उत्पादन हुने र बाँझो रहेको जमिनमध्ये करिब ५० हजार रोपनीमा ओखर खेती गरी ओखर जोनका रूपमा विकास गर्ने योजना नगरपालिकाले बनाएको छ । नगर प्रमुख गोर्खबहादुर केसीका अनुसार २ हजार मिटरभन्दा माथिका अधिकांश ठाउँमा ओखर बगैँचा निर्माण गरिने भएको छ । पर्याप्त ओखर उत्पादन गरी जिल्लाबाहिर निर्यात गर्ने र नगरवासीको आयस्रोतमा वृद्धि गर्न टर्कीबाट ४० हजार बिरुवा खरिदसमेत गरिसकेका छन । ५० हजार रोपनीमा ५ लाख बिरुवा लगाइने नगरको योजना छ । सोही अभियानले उक्त नगर ओखरको सुपरजोन बन्ने नगर प्रमुख केसीले जानकारी दिनुभयो । त्यसका लागि ४ करोड रुपैयाँ लाग्ने अनुमान गरेको छ । अहिले टर्कीबाट उन्नत जातका दाँते ओखरका ४० हजार बिरुवा डेढ करोड रुपैयाँमा खरिद गरिएको नगर प्रमुख केसीले बताउनुभयो । नगरपालिकाको कार्यालयसम्म पुर्याउन प्रतिबिरुवा ३ सय ७० रुपैयाँ पर्न गएको छ । ४० हजारमध्ये आधा बिरुवा आइसकेको र आधा आउने क्रममा रहेको बताइएको छ ।।


