- Loading...
सुनसान बन्दै रसुवागढी नाका
- कृषि टि.भी.
- ३ साल अघि
- ११ पटक पढिएको

नेपाल–चीन जोड्ने मितेरी पुलको ढोका खुलेको छ । रसुवागढी नाकावारि नेपाली सुरक्षाकर्मी र पारि चिनियाँ सुरक्षाकर्मी देखिएका छन । नाकानजिकै ६र७ वटा कन्टेनर पनि तयारी अवस्थामै राखिएका छन । तर त्यहास्थित नाकामा होटलहरू बन्द भएका छन । सरकारी कार्यालय तथा बैंक खुले पनि सेवाग्राही नहुँदा सुनसान भएको छ । विश्वव्यापी रूपमा महामारी बनेर फैलिएको कोरोना भाइरसका कारण नाका बन्द भएपछि रसुवागढी सुनसान बनेको छ । त्यहाँस्थित व्यवसायी पदम रुम्बाका अनुुसार एक महिनादेखि व्यापार ठप्प भएको छ । यता रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नाका अझै केही समय नखुल्ने जानकारी दिनुभएको छ । नाका खोल्ने विषय सामान्य नभएको र त्यसका लागि केन्द्रस्तरबाटै निर्णय हुनुपर्ने उनीहरुकोे भनाइ छ । चिनियाँ पक्ष नाका खोल्न तयार भएपनि चीन कोरोनामुक्त भइ नसकेका कारण नाका खोल्दा जोखिम हुने सम्भावना रहेको सरोकारवालाहरुको भनाई छ । तर विभिन्न रणनीति अपनाएर नाका खोल्न सकिने उनीहरुले बिकल्प दिएका छन । नाका सञ्चालनपछि हुनसक्ने जोखिम, सवारी तथा मानिसको चापसहित आएका व्यक्तिको स्वास्थ्य परीक्षण लगायतको विश्लेषण गर्नुपर्ने अधिकारीहरुले बताएका छन । चिनियाँ पक्षले नाका खुल्नेबारे पत्रमार्फत जिज्ञासा राखेका छन भने जिल्ला प्रशासन कार्यालयले जिल्लाको वस्तुगत अवस्थाबारे गृह मन्त्रालयमा आफ्नो धारणा राखिसकेको छ ।।


