- Loading...
सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसंग आग्रह
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

अन्तराष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर जिल्लामा भारतसंग जोडिएको सीमा क्षेत्रलाई तत्कालै पूनरावलोकन गरी नयाँ नक्सा जारी गर्न सरकारसंग आग्रह गरेको छ । सुदुरपश्चिम् प्रदेशका विभिन्न नौ स्थानमा भारतले अतिक्रमण गरेकोमा सरकारलाई त्यसप्रति ठोस कदम चाल्न र तत्कालै अनुगमन टोली पठाई पूनरावलोकन गर्न सीमा सरोकार समूहले आग्रह गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी कञ्चनपुरमा भारतीय पक्षद्वारा गरिएको अतिक्रमणमा रोक लगाई पूनरावलोकन गर्न आग्रह गरेको हो । कञ्चनपुरमा अतिक्रमित क्षेत्रमा विगतदेखि नेपाली नागरिकले भोगचलन गरी आएको जमिनलाई अचानक भारतले आफ्नो नक्सामा राखेकोमा सीमा सरोकार समूहले सरकारको ध्यानाकार्षण गराएको हो । कार्यक्रममा सरोकार समूहका संयोजक पल्लवराज भट्टले कञ्चनपुरवासीको पहलमा अन्तराष्ट्रिय सीमा सरोकार समूहको निर्माण भएको बताउनुभयो । भूमि सुधार मन्त्रालयले पठाएको टोली भारतीय पक्षका क्षेत्रमा गएर उनीहरुकै नक्साको आधारमा त्यहाँबाट मन्त्रालयलाई रिपोर्टिङ पठाएकोमा उक्त टोलीलाई समेत कारवाही गर्न संयोजक भट्टले माग गर्नुभयो । सोही कार्यक्रममा बेलौरी नगरपालिकाकी उप–मेयर चित्रकुमारी चौधरीले जनताको समस्यालाई लिएर आफूहरु संघीय राजधानी आएको बताउनुभयो ।।


