FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • सीमा नाकामा हुने जाँचलाई थप कडाइ गर्नुपर्ने

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १५ पटक पढिएको
    सीमा नाकामा हुने जाँचलाई थप कडाइ गर्नुपर्ने

    गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै सीमा नाकामा हुने जाँचलाई थप कडाइ गर्नुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले जाँचमा कडाइ गरी नेपालभित्र प्रवेश गर्नै नदिने योजनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । बैठकले कोरोनाको अनर्गल प्रचार गर्ने र अफवाह फैलाउनेलाई कडा कारवाही गर्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन पनि दिइएको छ । मालपोत कार्यालय, विद्युत प्राधिकरण लगायतका कार्यालयहरुमा सेवाग्राहीको भिड हुने गरेको उल्लेख गर्दै कार्यकारी प्रमुख पोखरेलले पानी, विद्युतको महसुल तिर्ने वा अन्य राजस्व बुझाउने कार्यालयहरुसँग समन्वय गरी यस महिना नतिर्दा लाग्ने जरिवाना मिनाहा गर्ने वातावरण मिलाउने जानकारी दिनुभयो । यता बसपार्क जस्ता धेरै भिड हुने ठाउँमा सतर्कता अपनाउने बारेमा पनि प्रस्ताव गरिएको प्रमुख पोखरेलले बताउनुभयो । बैठकमा प्रमुख पोखरेलले कोरोना भाइरसको वस्तुस्थिति पूर्वतयारी तथा प्रतिकार्य योजनाका बारेमा जानकारी गराउनुभएको थियो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित