- Loading...
पाल्पाको रामपुरमा फूलखेती फष्टाउँदै,उत्पादनले बजार धान्न नसकेको व्यवसायीको भनाइ
- कृषि टि.भी.
- ३ साल अघि
- १३ पटक पढिएको

पाल्पाको रामपुरमा व्यावसायिक फूलखेती फष्टाउँदै गएको छ । रामपुर नगरपालिका–४ देवीस्थानमा गएको तिहारमा पहिलोपटक सयपत्री फूलबाट मनग्य आम्दानी गरेका दिलबहादुर थापा तथा लालबहादुर थापाले बेमौसमी फूल खेती समेत शुरु गर्नुभएको छ । शहरी रुपमा विकास हुन थालेको पाल्पाको पूर्वी भेग रामपुरमा पछिल्लो समय भारत लगायत छिमेकी देश र अन्य जिल्लाबाट फूलको आयात हुने गरेकाले त्यसलाई निरुत्साहित गर्न व्यवसाय थालेको व्यवसायी दिलबहादुरको भनाइ छ । विवाह तथा मेला, महोत्सव र विविध सार्वजनिक कार्यक्रममा सयपत्री फूलको मालाको माग बढेकाले फूलखेती बेमौसमी रुपमा पनि गर्न थालेको उहाँले बताउनुभयो । हाम्रो आधुनिक कृषि फार्म नामक फार्म सञ्चालन गरी केही वर्षयता मौसमी तथा बेमौसमी तरकारी खेति थाल्नुभएका थापा दाजुभाइले पछिल्लो समय फूलको परीक्षणमा सफल भएका छन् । गएको तिहारमा पनि फूलको गुच्छा, माला नारायणघाट, बुटवल, पोखरा, स्याङ्जा, तनहुँ र पाल्पाका विभिन्न स्थानमा बिक्री गरेर राम्रै आम्दानी भएको किसान लालबहादुरले बताउनुभयो । करिब साढे ११ रोपनी जग्गामा फार्म सञ्चालन गरेपनि दुई रोपनी जग्गामा फूलखेती सञ्चालन गरिएको छ । तर बजारको माग अनुसार उत्पादन गर्न नसकिएको उनीहरुको भनाइ छ ।।


