FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • डडेल्धुराको १ जंगलमा आधा दर्जन गाईको हत्या

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३४ पटक पढिएको
    डडेल्धुराको १ जंगलमा आधा दर्जन गाईको हत्या

    डडेल्धुराको एक जंगलमा आधा दर्जन गाई मृत भेटिएका छन् । गन्यापधुरा गाउँपालिकाको जंगलमा पासो बनाई गाई हत्या गरेको अवस्थामा फेला परेका छन । गाउपालिकाको वडा नम्बर १ मा रहेको देउपाल सामुदायिक वनको भिरालो क्षेत्रमा ग्याविन तारको पासोमा झुण्ड्याएर मारिएका आधा दर्जन गाईको कंकाल भेटिएको हो । देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा सल्लाको रुखमा तारले बाँधी झुण्ड्याइएको अवस्थामा गाईका कंकाल भेटिएका हुन । करिब एक साता अघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ । पाँच वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा मात्र भेटिएको छ । यस्तै गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुई वटा खाली पासोसमेत भेटिएका छन् । मारिएका गाईको उमेर दुईवर्ष मूनिको हुनसक्ने पशुसेवा प्राविधिकको अनुमान छ । स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको हो । यता गन्यापधुरा गाउपालिका अध्यक्ष नबल मल्लले सोही घट्नाका बिषयमा बिस्तृत जानकारी लिने बताउनुभयो । नेपालको राष्ट्रिय जनावर भएकाले घट्नामा संलग्नलाई खोजी गरी कानुन बमोजिम कार्वाही गर्न पहल गर्ने उहाको भनाई छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित