- Loading...
बागलुङ जैमिनीमा बैकल्पिक खेतीका रुपमा केरा
- कृषि टि.भी.
- ३ साल अघि
- ३२ पटक पढिएको

बागलुङ जैमिनी नगरपालिका १ र २ का किसानले ठूलो लगानीमा केरा खेती गरेका छन् । विगतमा मौसमले साथ दिँदा राम्रो कमाइ गर्दै आएका किसान पछिल्लो समय उक्त खेतीले बजार पाउन छाडेपछि निराश बनेका छन् । आम्दानी राम्रो हुने र कम जनशक्तिले समेत खेती गर्न मिल्ने भएकाले अन्नबालीको विकल्पमा सोही खेतीमा स्थानीय रमाएका थिए । तर पछिल्लो समय केराले बजार पाउन छाडेको स्थानीय किसान सूर्यनाराण पौडेलले गुनासो गर्नुभयो । कुश्मीशेराको खौर, किसेक र टुनीवोटमा उक्त खेती शुरु भएको दश वर्षभन्दा धेरै भइ सकेको छ । उक्त खेतीबाट राम्रो आम्दानी गरेका जिल्लाका किसानले यसवर्षको हिउँदमा नोक्सानी बेहोर्नुपरेको थियो । यस वर्षको हिउँदमा मात्रै लाखौँको केरा बिक्री नभएर खेर गएको उहाँले बताउनुभयो । यतिबेला गर्मी लागे पनि केराको माग नआएको व्यवसायीहरुले बताएका छन । यसअघि किसानको उत्पादन गरेको केरा बारीबाटै बिक्री हुदै आएको थियो । तर चालु वर्ष बजार नपाएकाले स्थानीय धेरै किसान मर्कामा परेका छन् । केराको आम्दानीले दैनिक खर्च चलाउनेको सङ्ख्या गाउँमा ३० भन्दा धेरै छ । वर्षातको समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर किसान पौडेलले वर्षमा झण्डै तीन लाख कमाउनुभएको थियो ।।


