FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • ताप्लेजुङमा व्यावसायिक रूपमा अण्डा उत्पादन

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३५ पटक पढिएको
    ताप्लेजुङमा व्यावसायिक रूपमा अण्डा उत्पादन

    ताप्लेजुङमा व्यावसायिक रूपमा अण्डा उत्पादन सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङका एक किसानले जिल्लामै पहिलोपटक व्यावसायिक रूपमा अण्डा उत्पादन गर्न थाल्नुभएको हो ।
    फुङ्लिङ नगरपालिका–४ का स्थानीय नरेन्द्र मादेनले जिल्लामै पहिलोपटक लेयर्स जातको कुखुराबाट अण्डा उत्पादन गर्न सुरु गर्नुभएको हो । मादेनले २४ लाख रुपैयाँ लगानी गरी गत वैशाखदेखि लेयर्स जातको कुखुरापालन गर्नुभएको हो । अहिले लेयर्स फार्ममा दुई हजार ३०० वटा कुखुरा रहेको र दैनिक रुपमा करिव दुई हजार अण्डा उत्पादन हुँदै आएको व्यवसायी मादेनको भनाई छ । लेयर्स कुखुराले १८ महिनासम्म अण्डा उत्पादन गर्ने र सोही अवधिमा एउटा कुखुराले ४ सय ८ वटासम्म अण्डा दिने उहाँले बताउनुभयो । दैनिकजसो उक्त परिमाणमा हुने उत्पादनले फुङ्लिङ बजारमा करिब ३० प्रतिशत अण्डाको व्यापार धानेको छ । यस्तै जिल्लामा अण्डाको माग राम्रो भएपनि करिब ७० प्रतिशत अण्डा जिल्ला बाहिरबाट आयात हुने गरेको छ । आयतित अण्डा सस्तोमा कारोबार हुँदा मूल्यमा हुने प्रतिस्पर्धाले बजारको जोखिम बढाउने उहाँको भनाइ छ । यता जिल्लामा उत्पादन हुने अण्डाप्रति स्थानीय खुद्रा व्यवसायी तथा उपभोक्ता भने आकर्षित भएका छन् । त्यहाँस्थित उत्पादित अण्डा स्वस्थ तथा ताजा हुने भएकाले खुद्रा व्यवसायीका साथै उपभोक्ता आकर्षित हुँदै आएका छन् ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित