- Loading...
श्रमिक कटौती गर्ने अवस्थालाई रोक लगाउन सरकारको ध्यानाकर्षण
- कृषि टि.भी.
- ३ साल अघि
- २९ पटक पढिएको

नेपाल ट्रेड यूनियन महासंघ जिफन्टले कोरोना भाइरसको संक्रमणलाई देखाएर श्रमिक कटौती गर्ने अवस्थालाई रोक लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । अहिले कारोनालाई देखाएर श्रमिक कटौति गर्ने प्रवृक्ति देखिएको भन्दै त्यसलाई तत्काल रोक्न आग्रह गरेको छ । बिहीबार सिंहदरबारमा जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठ नेतृत्वको एक टोलीले उपप्रधानमन्त्री एवं कोरोना रोकथाम उच्चस्तरिय समितिका संयोजक इश्वर पोखरेललाई ११ बुँदे सुझावसहित ज्ञापन पत्र बुझाएको छ । जिफन्टले श्रमिकलाई कामबाट निकाल्ने, पारिश्रमिक नदिने र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुन रोक्ने लगायत कम्पनीको सेवा सुविधामा रोक्ने गरेको बताइएको छ । श्रमिमको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूत गर्नुपर्ने, नागरिकको स्वास्थ्य बीमा गर्दा ५० प्रतिशत राज्यले थप गर्नुपर्ने लगायतका सुझाव जिफन्टको छ । त्यस्तै नेपालबाहिर रहेको नेपाली श्रमिकहरुको समस्या कुटनीतिक माध्यमबाट समधान गर्न पनि सुझाव दिइएको जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिनुभयो । सुझाव पत्र बुझ्दै उपप्रधानमन्त्री पोखरेलले जिफन्टले अघि सारेका मागहरुका बारेमा आफुले छलफल गर्ने आश्वासन दिनुभयो । उहाले कोरोना नियन्त्रणका लागि सरकारले सम्पूर्ण ध्यान केन्द्रीत गरेको पनि बताउनुभयो ।।


