FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • भाईरसका कारण आत्तिनु पर्ने अवस्थाा नरहेको

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १८ पटक पढिएको
    भाईरसका कारण आत्तिनु पर्ने अवस्थाा नरहेको

    सरकारले कोरोना भाइरसका कारण थोरै क्षेत्र मात्र प्रभावित भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जनाएको छ । सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका सञ्चार तथा सुचना प्रविधि मन्त्री डा.युवराज खतिवडाले पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताउनुभएको हो । मन्त्री खतिवडाले व्यापार, वित्त, उद्योग, निर्माण क्षेत्र स्वभाविक रूपमा अगाडि बढिरहेको जानकारी दिनुभयो । पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ उत्पादनमा ३ प्रतिशत मात्रै रहेको भन्दै उहाले त्यसको अर्थतन्त्रमा प्रभाव पनि सोही अनुसार मात्रै पर्ने पनि बताउनुभयो । स्वास्थ्यका कारण चिनियाँ नाकाबाट आयात नभए पनि भारततर्फको नाकाबाट आयात भईरहेको भन्दै खाद्यान्न लगायतका सामाग्रीको अभाव नहुने उहाले जनाउनुभयो । मन्त्री खतिवडाका अनुसार सरकारले तत्कालिन विश्व परिस्थितिलाई नजिकबाट नियालिरहेको र दुई छिमेकी मुलुकको अवस्थालाई पनि हेरिरहेको बताइएको छ । यता होटलमा कार्यरत कर्मचारी केही प्रभावित हुने भएपनि उनीहरूको सामाजिक सुरक्षासमेत रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको पनि उहाले बताउनुभयो । त्यस्तै मन्त्री खतिवडाले सबैको आग्रहमा एसईई परीक्षा सारिएको जानकारी दिनुभयो । उहाले विद्यार्थीलाई जोखिममा नराख्न अभिभावकसहितको आग्रहमा शैक्षिक क्यालेन्डरलाई असर नपर्ने गरी पछाडि पारिएको जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अत्यावश्यक बस्तुको अभाव नहुने भन्दै अहिले सर्वसाधारण आत्तिनुपर्ने अवस्था नरहेको बताउनुभयो । साल्ट ट्रेडिङसँग मात्रै अहिले ३ महिनालाई पुग्ने चिनी र १० महिनालाई पुग्ने नुन मौज्दात रहेको उहाले बताउनुभयो । सरकारले पनि सहुलियत पसल संचालनमा ल्याउने भएकाले उपभोक्तालाई कुनै पनि सामानको अभाव हुन नदिने उहाले जानकारी दिनुभयो । त्यस्तै केही दिनमा खाना पकाउने ग्यास पनि सहज हुने उहाले बताउनुभयो । आफूले यसअघि कालिमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेको बताउनु हुदै मन्त्री भट्टले फलफूल तथा तरकारीको नियमित आपूर्ति भईरहेको धारणा बताउनुभयो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित