
- Loading...
कोरोना भित्रन नदिन उच्च सतर्कता अपनाइएको अफवाहको पछि नलाग्न आग्रह
- कृषि टि.भी.
- ३ साल अघि
- १२ पटक पढिएको

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भित्रन नदिन उच्च सतर्कता अपनाइएको भन्दै अफवाहको पछि नलाग्न आग्रह गर्नुभएको छ । स्वास्थ्य मन्त्रालयको सहयोगमा प्रेस काउन्सिल नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको कोरोना भाइरस सम्बन्धी सचेततामुलक कार्यक्रम मार्फत उहाले आग्रह गर्नुभएको हो । मन्त्री ढकालले विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका विरुद्ध सरकार सुतेर नबसेको भन्दै कोरोना भित्रन नदिन उच्च सतर्कता अपनाएको बताउनुभयो । उहाले कारोनाको उपचारका लागि आवश्यक सामाग्रीहरु सरकारले संकलन गरिरहेको पनि जानकारी दिनुभयो । कम मुल्यमा पाउने मास्कलाई महँगोमा बेच्नलाई राखेको अवस्थामा दुई स्थानबाट २० लाख मास्क बरामद गरिएको उहाले बताउनुभयो । मन्त्री ढकालले कोरोना भाइरस सम्बन्धी सूचना प्रवाह गर्दा समाजलाई त्रास बनाउने खालका समाचार सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । उहाले सरकारलाई सकारात्मक सुझाव दिन आग्रह गर्नुभयो । यता सरकारले गर्ने काममा कुनै कसुर नराखेको पनि उहाले बताउनुभयो । सोही कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री नवराज रावतले मन्त्रालयले कोरोना भित्रन नदिन सरकारले उचित तवरले काम गरिररहेको दावी गर्नुभयो ।।


