
- Loading...
सरकारले १० हजार मेट्रिकटन चामल खरिद गर्ने तयारी
- कृषि टि.भी.
- ३ साल अघि
- १७ पटक पढिएको

सरकारले दश बजार मेट्रिक टन चामल खरिद प्रक्रिया अघि बढाएको छ । बजारमा अत्यावश्यक बस्तुमा हुने कालोबजारीमा हस्तक्षेप गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल खरिद प्रक्रिया अघि बढाएको हो । करिब ४३ करोड रुपैयाँ बराबरको उक्त परिमाणको चामल खरिदका लागि बोलपत्र आहृवान गरिसकेको कम्पनीले जनाएको छ । कोरोना भाइरसका कारण उत्पन्न हुने खाद्य संकट टार्न कम्पनीको भण्डारणमा चामल थप्न लागिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताउनुभयो । उक्त परिमाणको चामल खरिदपछि कम्पनीसँग चामलको मौज्दात ३६ हजार मेट्रिक टन हुने बताइएको छ । आवश्यकता अनुसार खाद्य संकटका बेला कम्पनीको देशैभर रहेको कार्यालय तथा आफ्ना बिक्री केन्द्रमार्फत चामल बिक्री गर्ने जनाएको छ् । कम्पनीले यसवर्ष किसानसँग खरिद गरेको धानको कुटानलाई पनि तीव्रता दिएको छ । खाद्यले यसवर्ष किसानसँग २ लाख ११ हजार ३ सय ९३ क्विन्टल धान किनेको थियो । देशमा भइपरी आउने संकटको बेला सरकारले वितरण गर्न भन्दै २५ हजार मेट्रिक टन खाद्य सुरक्षा भण्डारणमा राख्ने नीतिअनुसार कम्पनी अघि बढेको बताएको छ ।।


