FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • मुगु र हुम्लाका दुर्गम बस्तीमा खच्चडलाई दानाको अभाव, जुम्लाबाट मकै निर्यातमा बृद्धि

    • कृषि टि.भी.
    • ३ साल अघि
    • १७ पटक पढिएको
    मुगु र हुम्लाका दुर्गम बस्तीमा खच्चडलाई दानाको अभाव, जुम्लाबाट मकै निर्यातमा बृद्धि

    विगत वर्षहरुमा तराईका पोल्टी फार्ममा कुखुराको दानाका लागि निर्यात हुने जुम्लाको मकै यसवर्ष छिमेकी जिल्ला मुगुमै पठाइएको छ । मुगु र हुम्लाको एक मात्र खाद्यन्न दुवानीको भरपर्दो साधन खच्चडको लागि दाना अभाव भएपछि यसवर्ष जुम्लाबाट मुगुका लागि करिब ३ सय क्वीन्टल बढी मकै निर्यात गरिएको हो । मुगु र हुम्लाका दुर्गम बस्तीमा खाद्यान्न ढुवानी गर्न अहिले पनि खच्चडकै भर पर्नु पर्ने बाध्यता छ । खच्चडको आहारा अभाव भएपछि भारी बोक्न समस्या भएको छ । खच्चडले मनलाग्दी घाँस नखाने र मकै नै खच्चडको मुख्य आहारा भएकाले पनि सबै व्यापारीले मुगुमै मकै पठाएका छन् । मुगुमा यसवर्ष खच्चडका लागि दाना अभाव भएपछि जुम्लाबाट मकै पठाउन माग भए अनुसार निर्यात भइरहेको व्यापारी जीवनबहादुर शाहिले जानकारी दिनुभयो । उहाले यतिबेला करिब ६५ क्वीन्टल मकै मुगु पठाउनका लागि तयारी गरेका छन् । प्रतिकेजी ३० रुपैयाँमा खरिद गरेका मकै मुगुमा करिब ७० देखि ८० रुपैया प्रतिकेजी मुल्यमा बिक्री हुने गरेको छ । घरमा कुहिएर जाने मकैलाई केहि वर्ष अघिदेखि बजारीकरण गर्न सिंजा क्षेत्रका व्यापारीहरु जुटेको स्थानीयको भनाई छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित