FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • उत्पादन बढाउन लसुनप्याज मिसन कार्यक्रम लागु, प्रतिहेक्टर १ लाख अनुदानको व्यवस्था

    • कृषि टि.भी.
    • ३ साल अघि
    • ३१ पटक पढिएको
    उत्पादन बढाउन लसुनप्याज मिसन कार्यक्रम लागु, प्रतिहेक्टर १ लाख अनुदानको व्यवस्था

    दाङमा प्याजको उत्पादन बढाउन लसुन–प्याज मिसन कार्यक्रम सुरु गरिएको छ । प्याजको उत्पादन बढाउँदै किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाका चार वटा पालिकामा उक्त मिसन कार्यक्रम गरिएको हो । लसुन–प्याज मिसन कार्यक्रम अन्र्तगत दाङमा पहिलो वर्ष करिव २७ विगाहा बढि जमिनमा प्याजको व्यावसायिक खेती गरिएको छ । जिल्लाका बबई, शान्तिनगर, दंगीशरण गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका १२ मा कार्यक्रम लागू भएपनि शान्तिनगर बाहेकका किसानहरुले उक्त खेती गरेको कृषि ज्ञान केन्द्र दाङका सहायक सूचना अधिकारी फिर्तुमान चौधरीले जानकारी दिनुभएको छ । लसुन तथा प्याज मिसन कार्यक्रम अन्तर्गत एक हेक्टर भन्दा बढि क्षेत्रफलमा व्यावसायिक खेती गर्ने किसान वा समूहलाई प्रतिहेक्टर एक लाख रुपैयाँ अनुदानको व्यवस्था गरिएको छ । सोही कार्यक्रम अन्तर्गत तुलसीपुर १२ स्थित प्रगतीशिल कृषक समूहले तीन सय कठ्ठा, दंगीशरण गाउँपालिका–४ मा रहेको पशुपति कृषक समूहले ६० विगाहा, र सोही वडाका मखमली कृषक समूहले ६० कठ्ठा, वडा नं. ५ स्थित महालक्ष्मी कृषक समूहले ३० कठ्ठासहित वडा नं. ६ को प्रसंड्वा महिला कृषक समूहले ३० कठ्ठामा खेती गर्न थालेको छ ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित