FLASH NEWS
  • Loading...
  • Program 3
  • Program 7
  • Program 6
  • Program 5
  • Program 3
  • Program 2
  • Program 1
  • कोरोना भाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले मास्क तथा हात धुने सामाग्री वितरण गर्न शुरु

    • कृषि टि.भी.
    • ३ साल अघि
    • २९ पटक पढिएको
    कोरोना भाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले मास्क तथा हात धुने सामाग्री वितरण गर्न शुरु

    भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले कोरोना भाइरसको सङ्क्रमण रोक्ने उद्देश्यले राजधानीका विभिन्न वृद्धाश्रममा मास्क तथा हात धुने सामाग्री वितरण गर्न शुरु गरेको छ । शुक्रबारबाट काठमाण्डौ उपत्यकासहित आसपासका केही क्षेत्रका त्यस्ता आश्रमहरुमा कोरोनाबाट जोगिन सचेत गराएको छ । फाउण्डेशनले उपत्यकाभित्रको चापाँगाउ, कलंकी, शान्तिनगरस्थित निःसहाय सेवा सदन ज्येष्ठ नागरिक आवास गृह र बुढानीलकण्ठ, गोल्फुटारमा रहेको दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय लगायतका स्थानमा पुगि वृद्धवृद्धालाई मास्क, स्यानिटाइजर तथा साबुन वितरण गरिएको फाउण्डेशनकी कार्यसमिति सदस्य लीमा अधिकारीले जानकारी दिनुभयो । विश्वभर फैलिएको उक्त रोगबाट वृद्धवृद्धा बढी प्रभावित भएको र मृत्यु हुनेमा पनि वृद्धवृद्धा नै बढी रहेको तथ्याङ्क सार्वजनिक भइरहेकाले आफूहरुको ध्यान वृद्धाश्रममा गएको अधिकारीले बताउनुभयो । स्वयंसेवक टोलीमा विश्व स्वास्थ्य सङ्गठनबाट मान्यता प्राप्त विशेषज्ञ स्वास्थ्यकर्मीसमेत संलग्न रहेको फाउण्डेशनले जनाएको छ । कोरोना सङ्क्रमणको त्रास रहुञ्जेल सचेतनामूलक गतिविधि जारी राख्ने जनाएको छ । फाउण्डेशनले उपत्यकाका काठमाडौं ललितपुर र भक्तपुरका सबै वृद्धाश्रममा सामाग्री वितरण गर्ने योजना तय गरेको छ । पूर्वअर्थमन्त्री एवं कम्युनिष्ट नेता स्व भरतमोहन अधिकारीको नाममा स्थापित फाउण्डेशन सामाजिक कार्यमा सक्रिय छ । अर्थमन्त्री भएका बेला सामाजिक सुरक्षा भत्ता दिन शुरु गरेका कारण अधिकारी वृद्धवृद्धामाझ लोकप्रिय हुनुहुन्थ्यो ।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित