- Loading...
जाजरकोटका जुनिचाँदेमा ओखर खेती विस्तार
- कृषि टि.भी.
- ३ साल अघि
- १८ पटक पढिएको

वर्षौंदेखि बाँझो रहेको जाजरकोटका जुनिचाँदे गाउँपालिका–९ साकियामा टर्कीबाट ल्याएको ओखरको बिरुवा लगाएपछि खाली जग्गा सदुपयोग भएको छ । स्थानीयवासी दैनिक उक्त ओखरको हेरदेख, मलजल र खाडल व्यवस्थापनमा जुटेपछि चहलपहल बढेको छ ।
कर्णाली प्रदेश मातहतको कृषि ज्ञानकेन्द्र जाजरकोटले लक्षित वर्ग विशेष कार्यक्रममार्फत साकियाका १०० घरधुरी किसानलाई एक हजार ५०० बिरुवा वितरण गरेको छ । किसानको आम्दनीमा बृद्धि गरी व्यावसायिक रुपमा गति दिन उक्त कार्य गरिएको कृषि ज्ञान केन्द्र प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो । स्थानीय किसान रामबहादुर बुढाका अनसार बिरुवा निःशुल्क रुपमा कार्यालयले उपलब्ध गराएको हो । प्रमुख अधिकारीका अनुसार तीन वर्षपछि ओखरले उत्पादन दिने जनाएको छ । सोही जिल्लाको भूगोल, माटो र वातावरणीय अवस्था अनुसार टर्कीमा हुने चाङदलर बिरुवा उपयुक्त हुने भएपछि रोपिएकोे हो । टर्कीबाट कार्गो भाडासमेत गर्दा प्रतिबिरुवा ९ सय रुपैया परेको कार्यालयले जनाएको छ । त्यस्तै कुशे गाउँपालिका–७ समाइलामा २ सय ४६ घरधुरीलाई सात हजार बिरुवा वितरण गर्न लागिएको छ । त्यस्तै नलगाड नगरपालिका–डाडाँकटारीमा ४० हजार कागतीका बिरुवा वितरण गर्न लागिएको छ ।।


