- Loading...
कञ्चनपुरका ३०० बिघा जग्गा भारतमा गाभियो,सीमा प्रमाणीकरणमा सांसदहरुको असन्तुष्टि
- कृषि टि.भी.
- ३ साल अघि
- २१ पटक पढिएको

कञ्चनपुरमा ३ सय बिघाभन्दा बढी नेपाली भूमि भारततर्फ पारिएको विषयले सदनमा प्रवेश पाएको छ । नेपाल भारत संयुक्त सर्भे टोलीले विवादै नभएको भूभाग भारतमा पारेकोमा राष्ट्रियसभा सदस्य तारादेवी भट्टले सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सीमांकनमा खटिएको नापी टोलीले नेपालको नक्सा नै मेटिने गरी गरिरहेको कार्य स्वीकार्य नहुने उहाले बताउनुभयो । सीमा प्रमाणीकरण कार्य तुरुन्त बन्द गर्नुपर्ने पनि उहाको भनाइ छ । गत बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टले सीमांकन बन्द गर्न र अहिले भएका काम खारेज गर्न सदन र अध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । उहाका अनुसार नक्सा, पुर्जा नेपालकै भोगचलनमा विवादरहित भएको अवस्थामा नेपाल भारत संयुक्त नापी टोलीले सीमास्तम्भ गाको विषयमा टिप्पणी गर्नुभयो । नयाँ मापदण्ड र प्रक्रिया अपनाई जनविरोधी निर्णयप्रति सदनमा जवाफ माग गर्नुभएको थियो । सांसद भट्टका अनुसार बेलडाँडी गाउँपालिका ३ स्थित वैवाहका वडाध्यक्ष बलराम चौधरी र स्थानीय दुर्गा चौधरीका पाँच बिघासहित सोही क्षेत्रका २० परिवारको जग्गा अहिले विवादमा आएको छ । २०२४ सालदेखि भोगचलन गरिएको, पुर्जा भएको तथा नक्सामा राखिएको उक्त जग्गा नेपालकै भूभाग भएको उहाले दावी गर्नुभयो ।।


